चितवन र बुटवलमा सेगवेको नयाँ शोरुम

0
Shares

सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले चितवन र बुटवलमा गर्वको साथ नयाँ शोरुमको उद्घघाटन गरेको छ ।

यी शोरुमहरू आफ्ना विश्वासिलो साझेदार लोक सुशीला मोटर प्रालि, कालिका चोक, बुटवल र युनाइटेड अटो कन्सर्न प्रालि, हाकिम चोक, भरतपुर(अष्टभुजा पेट्रोल पम्प नजिक) संगको सहकार्यमा संचालनमा ल्याएको हो ।

यस आयामले सेगवेको आफ्नो मुल्यवान ग्राहकहरुलाई विशेष उत्पादन र सेवाहरू उपलब्ध गराउने भएको छ । बुटवल र चितवनका शोरुमहरुमा अत्यधिक लोकप्रिय एन–१००, ई–१००, ई–११०एल र ई–१२५ मोडलहरु सहित सेगवेका उत्पादनहरुको सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ । यस विस्तृत विकल्पहरुको प्रदर्शनीले ग्राहकहरुलाई आफ्नो आवश्यकता अनुसार शीर्ष मोडेल छनोट गर्न सहज हुनेछ ।

सेगवेले, भव्य उद्घघाटनको उपलक्ष्यमा, चितवन र बुटवल क्षेत्रका ग्राहकहरूलाई विशेष अफरहरुको साथ शोरुम भ्रमण गर्न आमन्त्रित गरेको छ । उद्घघाटन अफर अन्र्तगत यी शोरुमहरुमा सेगवे ई–स्कूटरहरुको बिशेष मूल्य तोकेका छन् । ग्राहकहरुले यो अवसर नगुमाई किफायिती मूल्यमा आफ्नो रोजाईको विशिष्ट सेगवेका उत्पादनहरु खरिद गर्न सक्नेछन् ।

यी शोरुमहरुबाट ग्राहकहरूले सेगवेका नवीन उत्पादनहरूको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाहरूको विस्तृत रुपमा फाइदा लिन सक्नेछन् । शोरुममा यी सेवाहरू उपलब्ध गर्नुको मुख्य कारण सेगवेका ग्राहकहरुले कुनै अवरोध बिना आफ्नो व्यक्तिगत यातायात साधनहरूको आनन्द लिन सकोस् भन्ने सुनिश्चित गर्न समावेश गरिएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।