नाफा बढेको एनएमबि बैंकको लाभांश क्षमतामा गिरावट, व्याज असुलीमा समस्या


चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा तथा प्रतिसेयर आम्दानीमा सुधार गरेको एनएमबि बैंकको लाभांश क्षमतामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विबरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा साढे ६ प्रतिशतले बढेको हो ।

खुद ब्याज आम्दानीमा आएको सुधारका कारण खुद नाफामा पनि सुधार आएको बैंकका आम्दानीका सूचकहरुमा सामान्य सुधार देखिएका छन् । आम्दानीका सूचकसँगै खुद नाफा वृद्धि हुँदा बैंकको चुक्ता पुँजीमा कुनै परिवर्तन भएको छैन । जसका कारण बैंकको प्रतिसेयर आम्दानी पनि केही सुधारिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १९ रुपैयाँ ६९ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले २० रुपैयाँ ९८ पैसा पुगेको छ ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी तथा १० अर्ब ९६ करोड २२ लाख रुपैयाँको जगेडा कोष रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात ९.९६ गूणाले बढी छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ६० करोड ६५ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको बैंकको अहिलेको नाफा १ अर्ब १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ मात्र छ । बैंकको व्याज तथा किस्ता असुलीमा परेको प्रभावका कारण त्यस्तो रकम नियामकीय कोषमा जम्मा गर्दा वितरणयोग्य मुनाफा प्रभावित भएको हो ।

गत आर्थिक वर्षको लाभांश विबतरण नगरेको बैंकले त्यस्तो लाभांश वितरण गर्दा उल्लेखित केही सूचकहरुमा गिरावट आउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।