चाडपर्वको अन्त्यसँगै सेयर बजारमा फर्कियो रौनक, कारोबार एक अर्ब नाघ्यो

0
Shares

तिहार र छठपछि आज खुलेको सेयरबजारमा केही रौनक देखिएको छ । करिब एक साता बन्द भएको बजार आज ०.०७ प्रतिशत अर्थात् १.३९ अंक विन्दुले बढेर अठार सय ५३.४८ विन्दुमा पुगेको हो ।

आज कारोबार भएका २८४ कम्पनीको ३३ लाख १९ हजार ५५८ कित्ता सेयर ४४ हजार ७२७ सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँमा समेटिएको छ ।

आज कारोबारमा आएका १० वटा उपसमुहगत सूचकमध्ये व्यापार सर्वाधिक १.४२ प्रतिशत, विकास बैंक १.३६ प्रतिशत, जीवन बीमा ०.९७ प्रतिशत, निर्जीवन बीमा ०.७५ प्रतिशत, इन्भेष्टमेन्ट ०.७३ प्रतिशत, म्युचुअल फन्ड ०.४५ प्रतिशत, फाइनान्स ०.३२ प्रतिशत, हाइड्रोपावर ०.३१ प्रतिशत, बैंकिङ उपसमूह ०.२० प्रतिशतले घटेको छ । यता उत्पादन तथा प्रशोधनमूलक १.९१ प्रतिशत, होटल र पर्यटन सूचांक १.८३ प्रतिशत, माइक्रो फाइनान्स १.४२ प्रतिशत र अन्य ०.१३ प्रतिशतले घटेको हो ।

यसैगरी कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरीको ७ करोड ३६ लाख २५ हजार रुपैयाँ कारोबार भएको छ । यस्तै सोल्टी होटलको ६ करोड ८४ लाख ३६ हजार, सोनापुर मिनिरल्स एन्ड आयल्सको ५ करोड ८८ लाख ७८ हजार, हाथवे इन्भेष्टमेन्ट नेपालको ३ करोड ३३ लाख ८५ हजार र शिवम् सिमेन्टको ३ करोड १५ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

आजको बजारमा ग्लोबल आइएमई लघुवित्तको सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर ९१५ रुपैयाँ पुगेको छ । यसैगरी कर्णाली डेभलपमेन्ट बैंकको ९.९६ प्रतिशत, समाज लघुवित्तको ८.०७ प्रतिशत, साहस उर्जाको ७.७५ प्रतिशत, हाथवेको ७.२८ प्रतिशतले उकालो लागेको छ ।

उता फर्वाड माइक्रो फाइनान्स र सयपत्री हाइड्रोपावरको सेयरमूल्य आज सर्वाधिक १० प्रतिशतले घटेर क्रमश १ हजार ८८.६० रुपैयाँ र ४५६.३० रुपैयाँमा कारोबार बन्द भएको छ । यस्तै माथिल्लो मैलुङ खोलाको सेयर ९.९९ प्रतिशत, हिमालयन डिष्टीलरीको ७.०१ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ५.३३ प्रतिशतले घटेको छ ।

चाडपर्वपछि आज कारोबारमा आएको बजारको कुल बजार पुँजीकरण २८ खर्ब ५५ अर्ब १६ करोड ३० लाख रुपैयाँमा समेटिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।