जीवन बीमा कम्पनीद्धारा चार महीनामा साढे ४९ अर्ब प्रिमियम संकलन, ७.४४% बढ्यो

0
Shares

चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम चौमासिक अवधिमा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४३ करोड ६२ लाख ८४ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवको सोही अवधिको तुलनामा ७.४४ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड ४७ लाख ४९ हजार रुपैयाँले प्रिमियम रकम बढेको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो कार्तिकसम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड १५ लाख ३५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । चालु आवको प्रथम चौमासिकमा सञ्चालनमा रहेका १४ मध्ये ५ कम्पनीले बीमाशुल्क संकलन घटेको छ भने ९ कम्पनीले बढाएका छन् । कार्तिकमा सबै बीमा कम्पनीको संकलित बीमाशुल्क १५.६३ प्रतिशतले घटेको भएपनि अघिल्ला तीन महीनामा बढेका कारण समग्रमा कुल बीमाशुल्क रकम भने करिब साढे ७ प्रतिशतको वृद्धि देखिएको हो ।

कार्तिक मसान्तसम्ममा कम्पनीहरुले प्रथम बीमाशुल्क वापत ८ अर्ब ६२ करोड ३६ लाख ६७ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क ४० अर्ब ८१ करोड २६ लाख १६ हजार रुपैयाँ गरी कुल ४९ अर्ब ४३ करोड ६२ लाख ८४ हजार रुपैयाँ संकलन भएको हो । जसमा प्रथम बीमाशुल्कको हिस्सा १७.४४% र नवीकरण बीमाशुल्कको हिस्सा ८२.५६% छ । कार्तिकसम्ममा जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमलेखको संख्या १ करोड ३७ लाख १४ हजार ५४७ वटा बीमालेख रहेको छ ।

चौध जीवन बीमा कम्पनीहरुमध्ये कार्तिक मसान्तसम्ममा नेपाल लाइफले सबैभन्दा धेरै १३ अर्ब ४३ करोड ७६ लखा ९४ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीको बीमाशुल्क अघिल्लो कार्तिकसम्मको तुलनामा ४.०५ प्रतिशत अर्थात ५२ करोड ३० लाख ७८ हजार रुपैयाँले धेरै हो । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले प्रथम चौमासमा ५ अर्ब ५६ करोड ५९ लाख ३६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो बीमाशुल्क अघिल्लो कार्तिकसम्मको तुलनामा ३.४८ प्रतिशत अर्थात २० करोड ६ लाख ६ हजार रुपैयाँ थोरै हो ।

यसैगरी नेशनल लाइफलाई पछि पार्दै हिमालयन लाइफ इन्स्यारेन्स तेस्रो स्थानमा उक्लिएको छ । कम्पनीले कार्तिकसम्म ५ अर्ब ३६ करोड ५६ लाख १६ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम अघिल्लो कार्तिकसम्म संकलिन प्रिमियमको तुलनामा ७.७० प्रतिशत अर्थात ३८ करोड ३७ लाख ९१ हजार रुपैयाँ अधिक हो । नेशनल लाइफ इन्स्योरेन्सले चालु आवको चार महीना अवधिमा ५ अर्ब २९ करोड ३५ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ अर्ब ४९ करोड २ लाख ४३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क ३.५८ प्रतिशत अर्थात ८८१९ करोड ६६ लाख ८१ हजार रुपैयाँ कम हो ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साबिक राष्ट्रिय बीमा संस्थान) को बीमशुल्क संकलन १८५.५८ प्रतिशत अर्थात २ अर्ब ७४ करोड ८९ लाख २५ हजार रुपैयाँले बढेको छ । गत कार्तिक मसान्तसम्म १ अर्ब ४८ करोड १२ लाख ५४ हजार रुपैयाँ प्रियियम संकलन गरेको यस कम्पनीले यस वर्षको सोही अवधिमा ४ अर्ब २३ करोड १ लाख ७९ हजार रुपैयाँ प्रिमियम संकलन गरेको हो । यसैगरी छैटौं धेरै प्रिमियम संकलन गरेको सुर्यज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ७६ करोड २१ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । यो अघिल्लो कार्तिकको तुलनामा १४ करोड ५३ लाख ३९ हजार रुपैयाँ अर्थात ५ प्रतिशत कम हो । एशियन लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क २ अर्ब ३६ करोड ५१ लाख ७८ हजार रुपैयाँ छ । अघिल्लो कार्तिकसम्ममा कम्पनीले २ अर्ब २७ करोड ९० लाख ६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।, समीक्षा अवधिमा ३.७८ प्रतिशत अर्थात ८ करोड ६१ लाख ७२ हजार रुपैयाँले प्रिमियम संकलन बढेको हो ।

बीमा कम्पनी  बीमा शुल्क आर्जन  रकम (लाखमा)  अन्तर %
२०८० कार्तिकसम्म  २०७९ कार्तिकसम्म
नेपाल लाइफ इन्स्योरेन्स 134376.94 129146.16 4.05
एलआईसी नेपाल   55659.36 57665.42 -3.48
हिमालयन लाइफ इन्स्योरेन्स 53656.16 49818.25 7.70
नेशनल लाइफ इन्स्योरेन्स 52935.62 54902.43 -3.58
राष्ट्रिय जीवन बीमा कम्पनी 42301.79 14812.54 185.58
सूर्यज्योति लाइफ  इन्स्योरेन्स 27621.45 29074.84 -5.00
एशियन लाइफ इन्स्योरेन्स 23651.78 22790.06 3.78
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स 18953.87 18344.93 3.32
सिटिजन्स लाइफ इन्स्योरेन्स 17870.25 18303.88 -2.37
मेट लाइफ इन्स्योरेन्स 17154.15 16819.04 1.99
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स 13737.54 12005.42 14.43
आइएमई लाइफ इन्स्योरेन्स 13034.70 11510.41 13.24
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स 12126.85 11437.55 6.03
सन् नेपाल लाइफ इन्स्योरेन्स 11282.38 13484.42 -16.33
जम्मा बीमाशुल्क 494362.84 460115.35 7.44

प्राधिकरणको कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार सानिमा लाइफ इन्स्यारेन्सले कुल १ अर्ब ८९ करोड ५३ लाख ८७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो कार्तिकसम्ममा १अर्ब ८३ करोड ४४ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको सानिमा लाइफको ३.३२ प्रतिशत अर्थात ६ करोड ८ लाख ९४ हजार रुपैयाँले बीमाशुल्क बढेको हो । यसैगरी चालु आवको चौथो महीना कार्तिकसम्ममा सटिजन लाइफ इन्स्योरेन्सको बीमाशुल्क रकम २.३७ प्रतिशत अर्थात ४ करोड ३३ लाख ६३ हजार रुपैयाँले घटेको छ । कार्तिक मसान्तसम्ममा सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ७८ करोड ७० लाख २५ हजार रुपैयाँ प्रिमियम उठाएको छ । विसं २०७९ कार्तिकसम्ममा सिटिजनको संकलित बीमाशुल्क १ अर्ब ८३ करोड ३ लाख ८८ हजार रुपैयाँ थियो । यस्तै मेट लाइफ इन्स्योरेन्सले १ अर्ब ७१ करोड ५४ लाख १५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो अघिल्लो कार्तिकसम्मको तुलनामा १.९९ प्रतिशत अर्थात ३ करोड ३५ लाख ११ हजार रुपैयाँ कम हो ।

त्यस्तै कात्तिक महीनासम्ममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्सको बीमाशुल्क १४.४३ प्रतिशत, आईएमई लाइफ इन्स्योरेन्सको १३.२४ प्रतिशत र रिलायबल नेपाल लाइफको ६.०३ प्रतिशतले बीमशुल्क बढेको छ ।समीक्षा अवधिमा सन नेपाल लाइफ इन्स्योरन्सको १६.३३ प्रतिशतले बीमाशुल्क घटेको हो ।  प्राधिकरणको तथ्याङ्क अनुसार कार्तिक मसान्तसम्ममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्सले १ अर्ब ३७ करोड ३७ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । २०७९ कार्तिकसम्म कम्पनीले १ अर्ब २० करोड ५ लाख ४२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । जुन १७ करोड ३२ लाख १२ हजार रुपैयाँ कम हो । यसैगरी आईएमई लाइफ इन्स्योरेन्सले कार्तिकसम्ममा १५ करोड २४ लाख २९ हजार रुपैयाँले वृद्धि गर्दै कुल १ अर्ब ३० करोड ३४ लाख ७० हजार रुपैयाँ बीमाशुल्क बीमाशुल्क संकलन गरेको छ । अघिल्लो कार्तिकसम्ममा १ अर्ब १५ करोड १० लाख ४१ हजार रुपैयाँ थियो । मीक्षा अवधिमा रिलायबल नेपाल लाइफले पनि अघिल्लो कार्तिको तुलनामा ६ करोड ८९ लाख ३० हजारले वृद्धि गरेर १ अर्ब २१ करोड २६ लाख ८५ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । अघिल्लो कार्तिकसम्म कम्पनीले १ अर्ब १४ करोड ३७ लाख ५५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

बीमाशुल्कको हिसाबले सन नेपाल लाइफ सबैभन्दा पुछारमा रहेको छ । कम्पनीले चालु आवको प्रथम चौमासिक अवधिमा १ अर्ब १२ करोड ८२ लाख ३८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपालले अघिल्लो कार्तिकसम्ममा १ अर्ब ३४ करोड ८४ लाख ४२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा २२ करोड २ लाख ४ हजार रुपैयाँले घटेको हो ।

सक्रिय बीमालेखको संख्या २ लाख २७ हजारले घट्यो, कुनको कति ?

चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा जीवन बीमा कम्पनीहरुले जारीगरेका १ करोड ३७ लाख १४ हजार ५४७ वटा बीमालेख सक्रिय रहेका छन् । यो संख्या अघिल्लो कार्तिक मसान्तसम्मको तुलनामा २ लाख २७ हजार ७६२ वटाले कम हो । अघिल्लो कार्तिक मसान्तसम्म जीवन बीमकहरुले १ करोड ३९ लाख ४२ हजार ३०९ वटा बीमालेख सक्रिय थिए ।

समीक्षा अवधिमा सबैभन्दा धेरै सङ्ख्यामा बीमालेख जारी गरेको रिलायबल नेपाल लाइफको बीमालेख सबैभन्दा धेरैले सक्रिय बीमालेख सङ्ख्या घटेको छ । अघिल्लो कार्तिकको तुलनामा कम्पनीको बीमालेख ६ लाख ६८ हजार ८५८ वटाले घटेर ३२ लाख ३५ हजार २२५ वटामा कामय भएको हो ।  यसैगरी अघिल्लो कार्तिकको तुलनामा सिटिजन लाइफको सक्रिय बीमालेख सङ्ख्या २ लाख ८९ हजार ६९२ वटा, मेट लाइफको १ लाख ८५ हजार ४२१ वटा, सानिमा रिलायन्स लाइफको १ लाख ६५ हजार ४२६ वटा र प्रभु महालक्ष्मी लाइफको ३० हजार ६५८ वटाले घटेको छ ।

बीमा कम्पनी  सक्रिय बीमालेख संख्या अन्तर
२०८० कार्तिकसम्म  २०७९ कार्तिकसम्म
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स 3253225.00 3922083.00 -668858.00
नेशनल लाइफ इन्स्योरेन्स 1569229.00 1505420.00 63809.00
सिटिजन्स लाइफ इन्स्योरेन्स 1254131.00 1543823.00 -289692.00
नेपाल लाइफ इन्स्योरेन्स 1197597.00 922645.00 274952.00
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स 937778.00 1103204.00 -165426.00
सूर्यज्योति लाइफ  इन्स्योरेन्स 935599.00 641211.00 294388.00
सन् नेपाल लाइफ इन्स्योरेन्स 914347.00 815797.00 98550.00
मेट लाइफ इन्स्योरेन्स 803091.00 988512.00 -185421.00
एलआईसी नेपाल   702656.00 684550.00 18106.00
एशियन लाइफ इन्स्योरेन्स 626927.00 548004.00 78923.00
राष्ट्रिय जीवन बीमा कम्पनी 580356.00 546356.00 34000.00
हिमालयन लाइफ इन्स्योरेन्स 386465.00 376375.00 10090.00
आइएमई लाइफ इन्स्योरेन्स 383795.00 144320.00 239475.00
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स 169351.00 200009.00 -30658.00
जम्मा बीमालेख सङ्ख्या 13714547.00 13942309.00 -227762.00

कार्तिक समान्तसम्ममा नेशनल लाइफको १५ लाख ६९ हजार २२९ वटा, सिटिजन लाइफको १२ लाख ५४ हजार १३१ वटा, नेपाल लाइफको ११ लाख ९७ हजार ५९७ वटा, सानिमा रिलायन्सको ९ लाख ३७ हजार ७७८ वटा, सूर्यज्योति लाइफको ९ लाख ३५ हजार ५९९ वटा र सन् नेपाल लाइफको सक्रिय बीमालेखको सङ्ख्या ९ लाख १४ हजार ३४७ वटा रहेको छ ।

प्राधिकरणका अनुसार मेट लाइफ इन्स्योरेन्समा सक्रिय बीमालेखको सङ्ख्या ८ लाख ३ हजार ९१ वटा, एलआईसी नेपालले ७ लाख २ हजार ६५६ वटा, एशियन लाइफ इन्स्योरेन्समा ६ लाख २६ हजार ९२७ वटा, राष्ट्रिय जीवन बीमा कम्पनीमा ५ लाख ८० हजार ३५६ वटा, हिमालयन लाइफमा ३ लाख ८६ हजार ४६५ वटा, आईएमई लाइफमा ३ लाख ८३ हजार ७९५ वटा रहेको छ । कार्तिक मसान्तसम्ममा प्रभु महालइमी लाइफ इन्स्योरेन्समा सक्रिय बीमलेख सङ्ख्या १ लाख ६९ हजार ३५१ वटा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।