राष्ट्र बैंकमा कार्यकारी निर्देशक जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

0
Shares

नेपाल राष्ट्र बैंकमा पाँच जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको छ । मंसिर २४ गतेदेखि लागू हुने गरि पाँच जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।

उच्च व्यवस्थापन समितिको बैठकको निर्णय कार्यान्वयन गर्दै सोमबार बसेको जनशक्ति व्यवस्थापन विभागको बैठकले लामो समयदेखि एकै विभागमा कार्यरत कार्यकारी निर्देशकहरुको जिम्मेवारीमा हेरफेर गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकका कअनुसार भुक्तानी प्रणाली विभागमा कार्यरत गुरुप्रसाद पौडेललाई बैंक तथा वित्तिय संस्था नियमन विभागको जिम्मेवारी दिइएको छ । नियमन विभागलाई राष्ट्र बैंकमा सबैभन्दा शक्तिशाली र आकर्षक विभागका रुपमा हेरिने गरिएको छ ।

यसैगरि नियमन विभागका डा. गुणराज भट्टलाई भुक्तानी प्रणाली विभागको जिम्मेवारी दिइएको छ । यसअघि भट्टले नियमन विभागमा कार्यभार सम्हाल्दै आएका थिए । विदेशी विनिमय विभागका रामु पौडलको जिम्मेवारीमा हेरफेर गर्दै वित्तीय व्यवस्थापन विभागको कार्यभार दिइएको छ ।
यसअघि वित्तीय व्यवस्थापन विभागमा रहेका मुकुन्द कुमार क्षेत्री मानव संसाधन विभागमा पुगेका छन् भने मानव संसाधन विभागका तुल्सी प्रसाद घिमिरेले विदेशी विनिमय विभागको जिम्मेवारी पाएका छन् ।

यसअघि मंसिर १४ गते पनि पाँच कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर भैसकेको छ । उक्त समयमा वित्तीय संस्था सुपरीवेक्षणका विश्रुत थापालाई बैंकिङ विभाग, बैंकिङ विभागका दयाराम शर्मालाई वित्तीय संस्था सुपरीवेक्षण विभाग, मुद्रा व्यवस्थापन विभागका नरेश शाक्यलाई सूचना प्रविधि विभाग, गैरबैंकिङ सुपरीवेक्षण विभागका प्रदीपराज पौडेललाई मुद्रा व्यवस्थापन, सूचना प्रविधिका रामबहादुर मानन्धरलाई गैरबैंकिङ सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।