बैंकहरुमा २ खर्ब ९ अर्ब निक्षेप थपिँदा कर्जा लगानी १ खर्ब २५ अर्बले बढ्यो

0
Shares

 चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन तथा कर्जा प्रवाह बढेको छ । चालु आवको मंसिर १५ गतेसम्म बैंकहरुले २०९ अर्ब निक्षेप उठाएर १२५ अर्ब कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले संघीय संसदको अर्थसमितिमा पेश गरेको विवरणअनुसार यस आर्थिक वर्षको साउन १ गतेदेखि मंसिर १५ सम्म करिब २ खर्ब ९ अर्बले निक्षेप वृद्वि भएको छ ।गत आर्थिक वर्षको सो अवधि सम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप ५० अर्ब बढेको थियो।

यस्तै, यस आर्थिक वर्षको साउन १ देखि मंसिर १५ सम्म कर्जा करिव १२५ अर्वले वृद्वि भएको जनाइएको छ । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा करिव ६९ अर्वले कर्जा बढेको थियो।

यसरी २०८० मंसिर १५ मा उक्त अनुपात ८०.३७ प्रतिशत रहेको छ । २०७९ मंसिर १५ वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात ८६.९९ प्रतिशत थियो।

२०८० मंसिर १५ मा उक्त अनुपात २९.६४ प्रतिशत रहेको जनाइएको छ ।अघिल्लो मंसिर १५ बैंक तथा वित्तीय संस्थाको खुद तरलता अनुपात २४.१२ प्रतिशत रहेकोमा

आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, व्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू गरेकोले चालु आर्थिक वर्ष ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आकलन गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए।

‘कोभिडपछि उच्च संख्यामा वैदेशिक रोजगारी र अध्ययनमा युवाहरू विदेश गएकोले आन्तरिक माग भने घटेको स्थिति छ । तर, पछिल्लो समय पर्यटन आगमनमा भएको सुधार, उल्लेख्य विप्रेषण आप्रवाह, तरलतामा आएको सुधार र व्याजदर घट्दै गएको अवस्थाले आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।’ उनले भने ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।