प्रथम चौमासिकमा पौने १३ अर्ब निर्जीवन बीमाशुल्क संकलन, ४.७०% ले घट्यो

0
Shares

चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १२ अर्ब ७३ करोड ४ लाख ११ हजार रुपैयाँ निर्जीवन बीमाशुल्क संकलन भएको छ । गत आवको कार्तिकसम्म १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन आर्थिक शिथिलताका कारण ४.७० प्रतिशतले घटेको हो ।

चालु आवको चार महीनामा चौध निर्जीवन बीमा कम्पनीहरुले ८ लाख ८८ हजार ८७४ वटा बीमालेख जारी गरेका छन् । गत आवको सोही अवधिमा ९ लाख १९ हजार १३८ वटा बीमालेख जारी गरेका थिए । समीक्षा अवधिमा ३० हजार २६४ वटा कम बीमालेख जारी भएको हो ।

कार्तिक महीनामा मात्रै कम्पनीहरुले २ लाख ७ हजार ४१० वटा बीमालेखबाट २ अर्ब २८ करोड ४८ लाख ६२ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवको सोही अवधिमा २ लाख २९ हजार ६७० वटा बीमालेखबाट २ अर्ब ५१ करोड ६१ लाख २९ हजार रुपैयाँ प्रिमियम संकलन भएको थियो । गत आर्थिक वर्षको कार्तिको तुलनामा चालु आवमा रकममा ९.१९ प्रतिशत (२३ करोड १२ लाख ६७ हजार) र बीमालेखमा ९.६९ प्रतिशत (२२ हजार २६० वटा) को गिरावट देखिएको हो ।

नेपाल बीमा प्राधिकणको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको कात्तिकको तुलनामा ८ वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय बढेको छ भने ६ वटाको बीमा व्यवसायमा गिरावट आएको छ । समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीको ५५.३४ प्रतिशत, सिद्धार्थ प्रिमियरको १८.६८, आईजीआई प्रुडेन्सियलको १६.८७, युनाइटेड अजोड इन्स्योरेन्सको १४.७५, नेपाल इन्स्योरेन्सको १०.३३ र सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ७.४४ प्रतिशतले प्रिमिमम संकलन घटेको छ ।

यस अवधिमा सानिमा जिआईसीले सर्वाधिक ७१.४६ प्रतिशतले प्रिमियम संकलन वृद्धि गर्दा प्रभु इन्स्योरेन्सले त्यसलाई पच्छ्याउँदै ४४.३२ प्रतिशतको ग्रोथ गरेको छ । मर्जरपछि सानिमा जिआईसीको व्यवसायीक वृद्धिदरमा उच्च रुपमा सुधार हुँदै आएको छ । यसैगरी व्यवसाय वृद्धिका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको २४.६२ प्रतिशत, दि ओरियन्टल इन्स्योरेन्सको १७.२९ प्रतिशत, नेशनल इन्स्योरेन्सको १६.१७ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ७.११ प्रतिशत, नेको इन्स्योरेन्सको १.६२ प्रतिशत र शिखर इन्स्योरेन्सको व्यवसाय ०.२५ प्रतिशतले बढेको छ ।

निर्जीवन बीमा कम्पनीहरूद्वारा प्रथम चौमासिकमा संकलित कूल बीमाशुल्क संकलन रकम (रू.लाखमा)
क्र.सं.  बीमा कम्पनी २०८० कार्तिक  मसान्तसम्म  २०७९ कार्तिक  मसान्तसम्म वृद्दि/ह्रास
Sanima GIC Insurance Company 7167.79 4180.53 71.46
Prabhu Insurance 7061.00 4892.50 44.32
Himalayan Everest Insurance 11336.11 9096.43 24.62
The Oriental Insurance 5899.00 5029.53 17.29
National Insurance 4317.48 3716.47 16.17
NLG Insurance 8362.43 7807.43 7.11
Neco Insurance 10594.54 10426.01 1.62
Shikhar Insurance 12735.87 12703.77 0.25
Sagarmatha Lumbini Insurance 16053.66 17343.23 -7.44
१० Nepal Insurance 4961.97 5533.78 -10.33
११ United Ajod Insurance 8683.00 10185.93 -14.75
१२ IGI Prudential Insurance 10937.74 13157.02 -16.87
१३ Siddhartha Premier Insurance 13338.25 16401.86 -18.68
१४ Rastriya Beema Company Limited 5855.28 13111.31 -55.34
कुल कूल बीमाशुल्क 127304.12 133585.80 -4.70

 

कार्तिकसम्म कुन कम्पनीले कसले कति आर्जन गरे ?

चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै १ अर्ब ६० करोड ५३ लाख ६६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा १ अर्ब ७३ करोड ४३ लाख २३ हजार रुपैयाँ संकलन गरेको थियो ।

यसैगरी दोस्रो स्थानमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको चार महीनामा १ अर्ब ३३ करोड ३८ लाख २५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्ममा कम्पनीले १ अर्ब ६४ करोड १ लाख ८६ हजार रुपैयाँ संकलन गरेको थियो । बीमाशुल्कका आधारमा तेस्रो स्थान बनाएको शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड ३५ लाख ८७ रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब २७ करोड ३ लाख ७७ हजार रुपैयाँ संकलन गरेको थियो ।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सले कार्तिक मसान्तसम्म १ अर्ब १३ करोड ३६ लाख ११ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९० करोड ९६ लाख ४३ हजार रुपैयाँ संकलन गरेको थियो । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ९ करोड ३७ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले १ अर्ब ३१ करोड ५७ लाख २ हजार रुपैयाँ संकलन गरेको थियो ।

छैटौं स्थानमा रहेको नेको इन्स्योरेन्सले १ अर्ब ५ करोड ९४ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड २६ लाख १ हजार रुपैयाँ संकलन गरेको थियो ।

कार्तिक मसान्तसम्ममा युनाईटेड अजोड इन्स्योरेन्सले ८६ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले १ अर्ब १ करोड ८५ लाख ९३ हजार रुपैयाँ संकलन गरेको थियो । एनएलजी इन्स्योरेन्सले ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले ७८ करोड ७ लाख ४३ हजार रुपैयाँ संकलन गरेको थियो ।

प्राधिकरणको तथ्याङ्क अनुसार सानिमा जिआईसी इन्स्योरेन्सले कार्तिक मसान्तसम्म ७१ करोड ६७ लाख ७९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले ४१ करोड ८० लाख ५३ हजार रुपैयाँ संकलन गरेको थियो । यसैगरी प्रभु इन्स्योरेन्सले ७० करोड ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले ४८ करोड ९२ लाख ५० हजार रुपैयाँ संकलन गरेको थियो ।

भारतीय लगानी रहेको दि ओरियन्टल इन्स्योरेन्सले चालु आवको चार महीना अवधिमा ५८ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले ५० करोड २९ लाख ५३ हजार रुपैयाँ संकलन गरेको थियो । यसैगरी यस अवधिसम्ममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले ५८ करोड ५५ लाख २८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले १ अर्ब ३१ करोड ११ लाख ३१ हजार रुपैयाँ संकलन गरेको थियो ।

कार्तिक मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले ४९ करोड ६१ लाख ९७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५५ करोड ३३ लाख ७८ हजार रुपैयाँ संकलन गरेको थियो । अर्को भारतीय कम्पनीको शाखाको रुपमा सञ्चालित नेशनल इन्स्योरेन्सले कार्तिक मसान्तसम्म सबैभन्दा कम ४३ करोड १७ लाख ४८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको कार्तिक मसान्तसम्म कम्पनीले संकलन गरेको बीमाशुल्क ३७ करोड १६ लाख ४७ हजार रुपैयाँ संकलन गरेको थियो ।

कसको कति घट्यो बीमालेख ?

अघिल्लो कार्तिक मसान्तसम्मको तुलनामा ७ कम्पनीका जारीे बीमालेख संख्या बढेको छ भने ७ वटा घटेको छ। समग्रमा भने अघिल्लो कार्तिकको तुलनामा ३० हजार २६४ वटा बीमालेख घटेर २०८० कार्तिक मसान्तसम्म ८ लाख ८८ हजार ८७४ वटा कायम भएको हो ।

निर्जीवन बीमा कम्पनीहरूद्वारा जारी बीमालेख संङ्ख्या 
 बीमा कम्पनी २०८० कार्तिक  मसान्तसम्म  २०७९ कार्तिक  मसान्तसम्म  अन्तर
Siddhartha Premier Insurance 101072.00 120984 -19912.00
Neco Insurance 99650.00 95,818 3832.00
Shikhar Insurance 95860.00 81,638 14222.00
Sagarmatha Lumbini Insurance 96233.00 123917 -27684.00
Himalayan Everest Insurance 77953.00 82,956 -5003.00
IGI Prudential Insurance 76830.00 82081 -5251.00
United Ajod Insurance 67887.00 85737 -17850.00
NLG Insurance 65247.00 60,238 5009.00
Nepal Insurance 58981.00 52,847 6134.00
Sanima GIC Insurance Company 48329.00 54,279 -5950.00
Prabhu Insurance 33970.00 40,040 -6070.00
Rastriya Beema Company Limited 41681.00 15,121 26560.00
The Oriental Insurance 13310.00 13,028 282.00
National Insurance 11871.00 10,454 1417.00
Total 888874.00 919138.00 -30264.00

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।