विशाल प्लास्टोक्याबको वार्षिक आम्दानी साढे ६३ करोड

0
Shares

पारिवारिक व्यवसायका रुपमा टातर परिवारले सन्चालन गरिरहेको विशाल प्लास्टोक्याब प्रालिले आर्थिक वर्ष २०२३ मा ६३ करोड ५० लाख सन्चालन आम्दानी गरेको छ ।

गत आवमा ५८ करोड ५० लाख संचालन आम्दानी गरेको कम्पनीको कारोबारमा भएको वृद्धिका कारण आव २०२३ मा संचालन आम्दानी ८.५४ प्रतिशतले बढेको हो । कम्पनीको आम्दानीमा भएको वृद्धिसंगै अन्य सूचकांक समेत सकारात्मक देखिएका छन् ।

ह्रासकट्टी, अमोर्टाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा आव २०२३ मा कुल संचालन आम्दानीको १२.९ प्रतिशत पुगेको छ । गत आवमा सो आम्दानी ११.२ प्रतिशत थियो ।

सन् २००५ मा स्थापना भएको कम्पनीले केवल, वायर, कन्डक्टर, युपिभिसी पाइप, एचडिपिइ पाइप तथा फिटिङ्सको उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ । कम्पनीले ‘विशाल’ र ‘सुप्रेमो’ ब्रान्डनामबाट आफ्ना उत्पादनहरुको बिक्रि गर्ने गर्छ ।

कम्पनीले ६९ करोड ३७ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले २० करोड ३७ लाख बराबरको दीर्घकालिन कर्जाका लागि ‘बि प्लस’ र ४९ करोड बराबरको अल्पकालीन कर्जाका लागि ‘ए४’ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता १.२ गुणा रहेको छ । कम्पनीमा बाचराज टातर र बिबेक टातरको ३० प्रतिशत र बिशाल टातर र सौरभ टातरको २० प्रतिशत लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।