सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइएको हो, इन्टरप्राइज भ्यालु ४० करोड डलर : एनसेल

0
Shares

एनसेलले सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको दाबी गरेको छ ।

एनसेलले बिहीबार एक विज्ञप्ती जारी गर्दै रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा) मा रहेको आफ्नो सेयर बिक्रीको लागि राखिएको र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको दाबी गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, “आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा) मा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो ।”

सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको विज्ञप्तीमा उल्लेख छ ।

“आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रुपमा प्राप्त गर्नेछ । एनसेलले भनेको छ, “यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ । ”

यस्तै एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको बताउँदै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा कानुन अनुसार यसको पालना गरिने समेत जनाएको छ ।

आवश्यक सहमतिहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल भइरहेको जनाउँदै एलसेलले डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुयाउन प्रतिबद्ध रहेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।