गण्डकी मेडिकल कलेजको वर्षदिनको आम्दानी १ अर्ब ३६ करोड

0
Shares

पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गराउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । जसकारण मेडिकल कलेजको आम्दानी क्रमिक रुपमा बढेको छ।

गत वर्षको तुलनामा गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा ओपिडीका बिरामीहरुको सङ्ख्या १९ प्रतिशतले बढेको छ भने आइपीडिका बिरामीहरुको सङ्ख्या २० प्रतिशतले बढेको छ । जसकारण हस्पिटलको आम्दानी १७.७१ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०२३ मा हस्पिटलले १ अर्ब ३६ करोड २० लाख सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षमा हस्पिटलले १ अर्ब १५ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा आव २०२३ मा कुल सञ्चालन आम्दानीको २८ प्रतिशत रहेको छ ।

सन् २००७ मा स्थापना भएको गण्डकी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टीच्युट अफ मेडिसीन फर मेडिकल इन्ड एप्लाइड हेल्थ साइन्सबाट सम्बन्धन प्राप्त गरी विभिन्न विषयका कक्षाहरु सञ्चालन गरिरहेको छ । कलेजले हाल एमबीबीएस, बीडिएस, बीएससी नर्सिङ, बीएससी एमएलटी, बीपीएच, बी–फारमा र केही पोस्टग्य्राजुडेट पाठ्यक्रम समेत अध्यापन गराउँदै आएको छ ।

कुल ५५० सेयाको क्षमता रहेको गण्डकी मेडिकल कलेजले मेडिकल, डायगोस्नाटिक, सर्जिकल लगायतका सेवा सुविधा प्रदान गर्दै आएको छ । मूलतः हस्पिटलले मेडिकल कलेज सञ्चालन र हस्पिटल सञ्चालनबाट आम्दानी गर्दै आएको छ ।

हस्पिटलले ८२ करोड ५० लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रानेपालले ८२ करोड ५० लाख बराबरको कर्जाका लागि डबल बी माइन्स रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।