पोको एम ५ मोबाइल : किफायती मूल्यमा प्रिमियम अनुभव


इन्डष्ट्रि रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको बजेट फ्रेन्डली पोको एम ५ सुलभ मूल्यमा गेमिङको मजा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन हो । ४ जिबी + ६४ जिबीको २० हजार ४९९ र ६ जिबी + १२८ जिबीको २३ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पोको एम ५ मिडियाटेक हेलियो जि ९९ चिपसेट सहित आउँदछ, जसले सिमलेस मल्टिटास्किङ र गेमिङ अनुभव प्रदान गर्छ । “एस ६ एनएमको प्रोसेसर पहिलेको नै शक्तिशाली मिडियाटेक हेलियो जि ९६ को अपग्रेड हो यो फिचर ३० हजार रुपैयाँभन्दा माथिका स्मार्टफोनमा मात्र पाइन्छ । यसमा रहेको गेम टर्बो ५.० फिचरले गेमिङ पर्फरमेन्सलाई उत्कृस्ट बनाउँछ,” कम्पनीले भनेको छ ।

पोको एम ५ को उल्लेखनीय फिचरमा ९० हर्जको डायनामिक स्विच डिस्प्ले रहेको र यसले प्रयोग अनुसार आफै डिस्प्लेको रेफ्रेश रेट घट–बढ गर्छ । यसमा रहेको ६.५८ इन्चको फुल एचडी र डटड्रप डिस्प्ले सहित २४० हर्जको स्याम्प्लिङ रेटले उत्कृष्ट र छरितो टच रेस्पन्स प्रदान गर्दछ । जसका कारण गेमिंग अनुभव उत्कृस्ट हुने कम्पनीको दाबी छ, “सनलाइट डिस्प्लेले बाहिरी वातावरणमा पनि उत्कृष्ट भिजिबिलिटी सुनिश्चित गर्दछ ।”

फोटोग्राफीमा इच्छुक ग्राहकहरुका लागि पोको एम ५ मा पछाडि ५० मेगापिक्सेलको ट्रिपल क्यामेरा सेटअप छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । साथमा यो स्मार्टफोनको ५ हजार ००० एमएचको ब्याट्री लाइफ र बक्समा पाइने २२.५ वाटको फास्ट चार्जरको मद्दतले दिनभर मोबाइल चलाउन सकिन्छ ।

“सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोन चाहेको ग्राहकहरुकलाई बलियो प्रदर्शन, उत्कृृृष्ट डिस्प्ले, लामो ब्याट्री लाइफ, आकर्षक डिजाइन, र भर्साटाइल क्यामेरा प्रणालीको संयोजनले पोको एम ५ लाई एउटा आकर्षक अपसनको रुपमा स्थिापित गरेको छ,” कम्पनीले भनेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।