‘हिमालयन रि’ को २० कित्ता आईपिओ कति जनाले पाउँछन् ?


निष्काशन सुरु भएको अन्तिम दिनसम्ममा सबै सेयर बिक्री नहुने आशंका सहित म्याद थप गरेको ‘हिमालयन रि इन्स्योरेन्स’ को सेयर बढीमा २० कित्ताको दरमा वितरण हुने भएको छ ।

थप भएको म्याद सहित सोमबार निष्काशन बन्द भएपछिको तथ्याङ्कले सबै आवेदकलले १० कित्ता सेयर पाउने देखाएको छ  । सिडिएससीको प्रणालीमा देखिएको तथ्याङ्क प्रारम्भिक मात्र भएको र रद्ध भएका आवेदनहरु घट्ने भएपनि यस्तो संख्या न्यून हुने देखिएको छ ।

सोमबार साँझ ५ बजे सेयर निष्काशन बन्द हुँदासम्ममा कुल १६ लाख ६० हजार २२ वटा आवेदनबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयर माग भएको छ । उल्लेखित आवेदकले ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँको सेयर माग गरेको सिडिएससीले जनाएको छ ।

हिमालयन रि इन्स्योरेन्स आइपिओः ७ घण्टामा १ लाख २० हजारले मागे २६ लाख कित्ता सेयर

सोमबर साँझसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार कम्पनीको सेयरका प्रत्येक आवेदकलाई औषतमा १५ कित्ताको दरमा सेयर वितरण गर्न पुग्छ । १० कित्ते नीतिका कारण सबै आवेदकले १० कित्ता सेयर पाउने निश्चित छ ।

यसरी सेयर बाँडफाँड गर्दा १ करोड ६६ लाख २२० कित्ता सेयर बाँडफाँड हुन्छ भने ८२ लाख ९९ हजार ७८० कित्ता सेयर बाँकी रहन्छ । उक्त सेयर गोलाप्रथाबाट थप १० कित्ताको दरले वितरण गर्दा ८ लाख २९ हजार ९७८ जनाले पाउनेछन् । यी आवेदकले पाउने कुल सेयरको संख्या २० हुनेछ ।

कम्पनीले मंसिर २७ गते बुधबारदेखि सर्वसाधारणमा आईपीओमा निष्काशन सुरु गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा गएका, कम्पनीका कर्मचारी तथा सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।