नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा रामु पौडेल नियुक्त


नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल नियुक्त भएका छन् ।

कम्पनीको २३० औं संञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । औपचारिक कार्यक्रममा पौडेलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ लिएका छन् ।

नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । रामु पौडेलसँग केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेकाछन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।