हाइड्रोमा लगानी गर्ने वरुण इन्भेष्टमेन्टले पायो ‘बी’ रेटिङ, हकप्रद जारी गर्दै

0
Shares

हाइड्रोपावर क्षेत्रमा लगानी गर्ने इन्भेष्टमेन्ट कम्पनी–वरुण इन्भेष्टमेन्टले साख मूल्याकंन गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ‘बी’ रेटिङ गरेको छ ।

सन् २०१५ मा स्थापना भएको कम्पनी सन् २०२१ को जुलाई महिनामा पब्लिक लिमिटेडमा परिणत भएको थियो । हाल कम्पनीले ३८.६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको सानीगढ हाइड्रो, १५.३३ मेगावाटको कलङ्गा हाइड्रो र १०.४० मेगावाटको बुङ्गल हाइड्रो लिमिटेडमा लगानी गरिरहेको छ ।

आर्थिक वर्ष २०२३ मा कम्पनीले १० करोड सञ्चालन आम्दानी गरेको थियो । सोही अवधिमा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको ९०.४६ प्रतिशत पुगेको छ । गत आवमा सो नाफा १७.६३ प्रतिशत मात्रै थियो ।

कम्पनीमा शिवप्रसाद घिमिरेको ४६.९८ प्रतिशत सेयर हिस्सा छ भने भोलेश्वर दुलालको ११.२८ प्रतिशत, प्रमिला दुलालको ७.६० प्रतिशत र उमेश ढकालको ६.७१ प्रतिशत लगानी रहेको छ ।

सन् २०२३ को अक्टोबर ५ मा सम्पन्न कम्पनीको साधारण सभाले ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सन् २०२३ को जुलाई महिनासम्ममा कम्पनीको चुक्ता पुँजी ३७ करोड २५ लाख रहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।