पाँच वाणिज्य बैंक लाभांशमा अझै अनिर्णित

0
Shares

सञ्चालनमा रहेका २० मध्ये हालसम्म १५ वाणिज्य बैंकले लाभांश दिने–नदिन टुङ्गो लागाएका छन् । पुस लागिसक्दा पनि पाँच बैंक अझै लाभांश सम्बन्धमा अनिर्णित रहेका छन् ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्र अनिवार्य रुपमा साधारण सभा सम्पन्न गरिसक्नुपर्छ । तर पारदर्शी र संस्थागत सुशासनमा राम्रो मानिने वाणिज्य बैंकहरुले समेत हालसम्म पनि लाभांश घोषणा नगरेका हुन् । पाँच बैंकले हालसम्म लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्न बाँकी छ । तीमध्ये चार बैंक नेप्सेमा सूचीकृत छन् भने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन ।

हालसम्म चार वाणिज्य बैंकहरु हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र एनएमबि बैंकले यस वर्ष लाभांश वितरण नगर्ने बताइसकेका छन् । एघार बैंकले धेरेथोर लाभांश दिएका छन् । लाभांश दिएका बैंकहरुले सबैले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरिसकेका छन् । नबिल बैंक र नेपाल एसबिआई बाहेक ९ बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । नबिलले पुस १२ गते बिहीबार र एसबिआई बैंकले पुस १३ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ। लक्ष्मी सनराइज बैंकले साधारणसभा र बुकक्लोज तोक्न बाँकी छ । यस्तै लाभांश नदिएको एनएमबि बैंकले पुस २६ गते एजीएम बोलाएको छ । सभाका लागि एनएमबिले पुस ६ गते शुक्रबार बुकक्लोज गर्दैछ ।

लाभांश दिएका एघार बैंकमा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ३०.५२ प्रतिशत (२९ प्रतिशत बोनस र १.५२ प्रतिशत नगद) लाभांश दिएको छ भने सिद्धार्थ बैंकले सबैभन्दा कम ४.२१ प्रतिशत नगद लाभांश दिएको छ ।

लाभांश घोषणा नगरेका बैंकहरुमा नेपाल बैंक लिमिटेड, प्रभु बैंक, कृषि विकास बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

S.N. Sector- Commercial Banks Stock Symbol Bonus% Cash% Total% Bookclose AGM
1 NIC Asia Bank Ltd. NICA 29.00 1.52 30.52 Ashoj 16, Tuesday Ashoj 28, Sunday
2 Everest Bank Limited EBL 10.00 10.53 20.53 Ashoj 16, Tuesday Ashoj 30, Tuesday
3 Standard Chartered Bank Limited SCB 0.00 19.00 19.00 Mangsir 7, Thusday Mangsir 24,Sunday
4 Sanima Bank Limited SANIMA 9.00 5.70 14.70 Ashoj 22, Monday Kartik 2, Thusday
5 Machhapuchhre Bank Limited MBL 13.30 0.70 14.00 Ashoj 8, Monday Ashoj 18, Thusday
6 Nabil Bank Limited NABIL 0.00 11.00 11.00 Mangsir 29, Friday Poush 12, Thusday
7 Nepal SBI Bank Limited SBI 3.75 6.80 10.55 Mangsir 29, Friday Poush 13, Friday
8 Global IME Bank Limited GBIME 1.00 8.00 9.00 Mangsir 13, Wednesday Mangsir 28, Thusday
9 Laxmi Sunrise Bank Limited LSL 7.00 0.37 7.37  –
10 Citizen Bank International Limited CZBIL 0.00 5.79 5.79 Ashoj 15, Monday Ashoj 26, Friday
11 Siddhartha Bank Limited SBL 0.00 4.21 4.21 Kartik 21, Tuesday Mangsir 5, Tuesday
12 NMB Bank Limited NMB 0.00 0.00 0.00 Poush 6, Friday Poush 26, Thusday
13 Kumari Bank Limited KBL 0.00 0.00 0.00    
14 Prime Commercial Bank Ltd. PCBL 0.00 0.00 0.00    
15 Himalayan Bank Limited HBL 0.00 0.00 0.00    
16 Rastriya Banajya Bank RBB          
17 Nepal Bank Limited NBL          
18 Nepal Investment Mega Bank Limited NIMB          
19 Prabhu Bank Limited PRVU          
20 Agriculture Development Bank  ADBL          

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।