कुमारी बैंक “एक्सिलेन्स इन कन्ज्यूमर अवार्डस् क्रेडिट” अवार्डबाट सम्मानित

0
Shares

कुमारी बैंक ‘एक्सिलेन्स इन कन्जुमर कार्ड-क्रेडिट’ अवार्डबाट सम्मानित भएको छ । पुस ३ गते भिसा इन्टरनेशनलद्धारा आयोजित लिडर्स कन्क्लेभ सम्मेलनमा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।