हालसम्म दश जलविद्युतका लगानीकर्ताले मात्र पाए लाभांश, अठ्ठाइसको रित्तै हात

0
Shares

नेपाल स्टक एक्सचेञज (नेप्से) मा सूचीकृत अठ्ठाइस जलविद्युत कम्पनीले लगानीकर्तालाई यसपालि रित्तै हात पारेका छन् ।  पुस ५ गते बिहीबारसम्म नेप्सेमा सूचीकृत भएका ९१ वटा जलविद्युत कम्पनीमध्ये १० वटाले मात्रै सेयरधनीलाई लाभांश दिएका हुन् । ५३ कम्पनीले अझै लाभांश दिने वा नदिने घोषणा गरिसकेका छैनन् ।

गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने कम्पनीहरुमा केही पूराना छन् भने केही भर्खरै आईपीओ जारी गरेका कम्पनीहरु रहेका छन् । गत आवबाट हालसम्म नेशनल हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी, अरुण काबेली पावर, बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल, हिमालयन पावर पार्टनर, मध्य भोटेकोशी जलविद्युत आयोजना, पन्चकन्या माई हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी र सान्जेन जलविद्युतले लाभांश नदिने घोषणा गरिसकेका छन् ।

यसैगरी गत आर्थिक वर्षबाट सामलिङ्ग पावर, एयिशन हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, सानिमा मिडिल तमोर, इङ्वा हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, हिमालयन हाइड्रोपावर, बुद्धभूमि हाइड्रोपावर नेपाल, सयपत्री हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट, मकर जितुमाया सुरी हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, तेह्रथुम पावर, मेन्छियम हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनले पनि सेयरधनीलाई बोनस वा नगद कुनैपनि लाभांश दिएनन् ।

दश कम्पनीको लगानीकर्ताले लाभांश पाए, चिलिमेले दियो सर्वाधिक

हालसम्म दश कम्पनीले मात्र लगानीकर्तालाई लाभांश दिएका छन् । जसमध्ये चिलिमे जलविद्युत कम्पनीले सर्वाधिक १५ प्रतिशत लाभांश दिएको छ। यस्तै सानिमा माई हाइड्रोपावर, भगवती हाइड्रोपावर, रुरु जलविद्युत आयोजना र माण्डू हाइड्रोपावरले दश प्रतिशत लाभांश दिएका छन् ।

यसैगरी  नेपाल हाइड्रो डेभलोपरले ७.३७, सिक्लेस हाइड्रोपावरले ६ प्रतिशत, बिन्धबासिनी हाइड्रोपावरले ५.२६ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर र बुटवल पावर कम्पनीले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

Sector-Hydro Power Stock Symbol Bonus Cash Total
Chilime Hydropower Company  CHCL 10.00 5.00 15.00
Sanima Mai Hydropower  SHPC 10.00 0.53 10.53
Bhagawati Hydropower Development Company BGWT 0.00 10.53 10.53
Ru Ru Jalvidut Pariyojana Limited RURU 0.00 10.53 10.53
Mandu Hydropower Limited Mandu 0.00 10.00 10.00
Nepal Hydro Developers  NHDL 7.00 0.37 7.37
Sikles Hydropower Limited SIKLES 0.00 6.00 6.00
Bindhyabasini Hydropower  BHDC 0.00 5.26 5.26
Butwal Power Company  BPCL 0.00 5.00 5.00
Mandakini Hydropower Limited MHL 4.75 0.25 5.00

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।