अल्टिमा लाइफस्टाइल बन्यो सबैभन्दा छिटो कारोबार वृद्धि गर्ने नेपाली एसेसरिज ब्रान्ड, २०२३ मा ७००% ले वृद्धि

0
Shares

अल्टिमा लाइफस्टाइल, तीव्र गतिमा वृद्धि भईरहेको नेपाली एसेसरिज ब्रान्डले सन् २०२२ को तुलनामा सन् २०२३ मा ७००% ले वृद्धि गरी सबै रेकर्ड तोडेको छ ।

यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरे लगतै, अल्टिमा लाइफस्टाइलले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको छ । यी सबैलाई पछ्याउँदैै अल्टिमाले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको हो ।

अल्टिमाले सन् २०२२ फेब्रुअरी देखि दराज यात्रा सुरु गरेको थियो र यही वर्ष नै आफ्नो अफिसियल वेवसाइट पनि शुरु गरेको थियो । यो छोटो अवधिमा अल्टिमाले सबै विधामा जम्मा १९,०००+ बिक्रेताहरू मध्ये उत्कृष्ट रही यो उपाधि जितेको छ साथैे नोभेम्बरमा दराजमा सबैभन्दा धेरै बिक्री गरेको रेकर्ड पनि राख्न सफल भएको छ । सन् २०२४ मा यो नेपाली ब्रान्डले दराजमा मात्रै ५००% भन्दा बढी बिक्री वृद्धि गर्ने अनुमान गरिएको छ ।

अबका दिनहरुमा अझै केही नयाँ क्याटेगरीहरू आरम्भ पनि हुनेछन् । हाल टिडब्लुएस, स्मार्टवाच, पावरब्याङ्क र स्पिकर बजारमा उपलब्ध गर्दै आएकोमा, गेमिङ क्षेत्रमा प्रवेश गर्ने भावी योजना रहेकोसाथै अधिक बहु उपयोगी साउंड आउटपुट सोलुसनहरु, र अझ महत्वपूर्ण रूपमा, एक्सेसरीहरुका प्रिमियम सेगमेन्ट ल्याउने योजनामा रहेको छ ।

कम्पनी ब्रान्ड म्यानेजर अमन गुप्ताका अनुसार हालको योजनामा २५ भन्दा बढी उत्पादनहरू समावेश छन्, जसमा नयाँ वर्ष २०२४ को शुरुवात नै पहिलो लन्चबाट हुनेछ । उनले अल्टिमा लाइफस्टाइलले २०+ आधिकारिक स्टोरहरू खोल्ने सुनिश्चित गर्दै बहुप्रतिक्षित अल्टिमा एक्सचेन्ज मेला २.० सहित र केही रोमाञ्चक अनलाइन र अफलाइन मेला प्रस्तुत गर्ने आश्वासन पनि दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।