डेडिकेटेड र ट्रङ्कलाइन बिवाद समाधानका लागि राजनीतिक नेतृत्वसँग उद्योगीको भेटघाट

0
Shares

नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्कलाइन बिवादका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन । मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेको उद्योगीले आज बुधबार विहान भएको कांग्रेस सभापति देउवासँग भेटभाट गरेका हुन् ।

सो भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानूनी व्यवस्था अनुरुप विवाद समाधान हुनुपर्ने बताए । “कानुनी व्यवस्था अनुरुप हुनुपर्छ, सबैले कानूनको पालना गर्नुपर्छ। यो विवाद बढाउने नभई समाधान गर्नेतर्फ आफूहरुले पनि सरकारको ध्यानाकर्षण गराउने” आश्वासन दिएको भेटमा सहभागी उद्योगीले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।