प्राधिकरणले पिपिए गर्न नआएका १५ आयोजनालाई रोलक्रमबाट हटायो

0
Shares

नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ ।
 
तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न भएकाले पिपिएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ ।
 
आवश्यक कागजात नबुझाएका ती आयोजना अधिकांश नदी प्रवाही प्रकृतिका छन् । विद्युत् व्यापार विभागका अनुसार ती आयोजनाको कूल क्षमता दुई सय १५ मेगावाट छ । प्राधिकरणले माथिल्लो त्रिशूली दोस्रो, एक सय दुई मेगावाट, चमेलिया छटिगाड ८५ मेगावाटलगायत आयोजना छन् ।
 
ती आयोजनाको प्रवर्द्धकलाई रोलक्रमबाट हटाएपछि प्राधिकरणले छवटा आयोजनाका प्रवर्द्धकलाई पिपिए प्रक्रियामा आउन आग्रह गरिएको छ । ती आयोजनाको क्षमता दुई सय २८ मेगावाट बराबर छ । 
 
प्राधिकरणले आगामी १५ दिनभित्र प्राधिकरणका सम्पर्क राख्न सूचित गरेको छ । प्राधिकरणको २०७९ साल माघ २६ को नौ सय ३०औँ बैठकले नदी प्रवाही आयोजनाको अधिकतम सीमा छ हजार सात सय ५० मेगावाट नपुगेसम्म ग्रीड ‘कनेक्सन एग्रिमेन्ट’को रोलक्रमका आधारमा पिपिए गर्ने क्रममा रहेका आयोजनालाई प्राथमिकता दिने निर्णय गरेको थियो । 
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।