विकास बैंकको नाफामा दोहोरो प्रतिशतको गिरावट, एघारको घट्दा चार ओटाले मात्र बढाए

0
Shares

मुलुकमा छाएको आर्थिक मन्दीका कारण अधिकांश विकास बैंकहरुको नाफा दोहोरो प्रतिशतमा घटेको छ । अर्थतन्त्रमा  आएको सुस्तताका कारण कर्जा असुली प्रभावित हुँदा विकास बैंकको नाफामा त्यसको असर पुगेको हो । यस्तै यस अवधिमा विकास बैंकहरुको कर्जा विस्तारमा समेत सुस्तता छाएको छ भने कर्जा लगानी घट्दा खुद ब्याज आम्दानीसँगै नाफा घट्न पुगेको हो ।

विसं २०८० पुससम्मकाे अपरिष्कृत वित्तीय विवरणका अनुसार पन्ध्र विकास बैंकहरुको खुद नाफा २ अर्ब ९ करोड ७० लाख ९३ हजार रुपैयाँ रहेको छ । बाह्र ओटा विकास बैंकले २ अर्ब ३५ करोड नाफा कमाएकोमा तीन बैंकको घाटा २५ करोड २९ लाख ९३ हजार बराबर रहेको छ । विसं २०८० पुससम्मको नाफा अघिल्लो पुसको तुलनामा ११.६९ प्रतिशतले घटेको हो । विसं २०७९ पुससम्ममा समग्रमा १५ विकास बैंकले २ अर्ब ३७ करोड ४६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका थिए । २०७९ पुससम्ममा १३ विकास बैंकले २ अर्ब ६५ करोड ५९ लाख नाफा कमाएकोमा सो अवधिमा दुई विकास बैंकको घाटा २७ करोड १२ लाख ४३ हजार थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेका १५ विकास बैंकमध्ये अघिल्लो पुसको तुलनामा ११ ओटाको नाफा घटेको छ भने ४ ओटाले मात्र बढाएका छन् । समीक्षा अवधिमा ग्रीन डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै ३४५ प्रतिशतले नाफा वृद्धि गर्दा ज्योति विकास बैंकले १९०, कामना सेवा विकास बैंकले ३२.१९ र गरिमा विकास बैंकले २.०८ प्रतिशतले नाफा बढाएको छ ।

Devlopment Bank Net Profit
S.N. Sector -Development Banks Stock Symbol FY 2080-81 Q2 FY 2079-80 Q2 Change% 
1 Garima Bikas Bank Limited GBBL 512582.04 502146.42 2.08
2 Muktinath Bikas Bank Ltd. MNBBL 420017.37 626233.72 -32.93
3 Shine Resunga Development Bank SHINE 371207.90 429678.91 -13.61
4 Mahalaxmi Bikas Bank Ltd. MLBL 278036.82 316046.20 -12.03
5 Kamana Sewa Bikas Bank Limited KSBBL 258919.58 195871.61 32.19
6 Lumbini Bikas Bank Ltd. LBBL 212269.80 261067.29 -18.69
7 Jyoti Bikas Bank Limited JBBL 101034.75 34759.54 190.67
8 Shangrila Development Bank  SADBL 100233.77 166563.16 -39.82
9 Miteri Development Bank Limited MDB 48869.17 59088.23 -17.29
10 Sindhu Bikash Bank Ltd SINDU 25163.07 -18714.93 -234.45
11 Green Development Bank Ltd. GRDBL 12601.21 2829.13 345.41
12 Corporate Development Bank Limited CORBL 9151.73 11747.60 -22.10
13 Narayani Development Bank Limited NABBC -63862.29 16629.23 -484.04
14 Excel Development Bank Ltd. EDBL -69945.05 23262.93 -400.67
15 Saptakoshi Development Bank SAPDBL -119186.19 -252528.26 -52.80
16 Karnali Development Bank Limited KRBL
Total 2097093.66 2374680.77 -11.69

 

तथ्याङ्क अनुसार नारायणी डेभलपमेन्ट बैंकको खुद नाफा सर्वाधिक ४८४ प्रतिशतभन्दा धेरैले घटेको छ । यसैगरी एक्सेल डेभलपमेन्ट बैंकले ४००, सिन्धु विकास बैंकको २३४, सप्तकोशी डेभलपमेन्ट बैंकको ५२, सांग्रिला डेभलपमेन्ट बैंकको ३९, मुक्तिनाथ विकास बैंकको ३२, कर्पोरेट डेभलपमेन्ट बैंकको २२, लुम्बिनी विकास बैंकको १८, मितेरी डेभलपमेन्ट बैंकको १७, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ र महालक्ष्मी विकास बैंकको खुद नाफा २०७९ पुस मसान्तसम्मको तुलनामा १२ प्रतिशतभन्दा बढीले घटेको हो ।

गरिमाले कमायो सर्वाधिक, सप्तकोशी झण्डै १२ करोड नोक्सानीमा

विकास बैंकहरुमध्ये गरिमा विकास बैंकले सर्वाधिक ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । मुक्तिनाथलाई पछाडि पार्दै गरिमाले पहिलो स्थान सुरक्षित गरेको हो ।

यसअघि पहिलो स्थानमा रहँदै आएको मुक्तिनाथ विकास बैंक ४२ करोड १७ हजार रुपैयाँ सहित दोस्रो स्थानमा रहेको छ । यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३७ करोड १२ लाख, महालक्ष्मी विकास बैंकको २७ करोड ८० लाख, कामना सेवा विकास बैंकले २५ करोड ८९ लाख र लुम्बिनी विकास बैंकले २१ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । पुस मसान्तसम्ममा ज्योति विकास बैंकले १० करोड १० लाख र सांग्रिला डेभलपमेन्ट बैंकले १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

पुस मसान्तसम्ममा मितेरी डेभलपमेन्ट बैंकले ४ करोड ८८ लाख, सिन्धु विकास बैंकले २ करोड ५१ लाख, ग्रीन डेभलपमेन्ट बैंकले १ करोड २६ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले ९१ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

पुससम्ममा तीन विकास बैंकले नोक्सानी ब्यहोरेका छन् । यस अवधिमा सप्तकोशी डेभलपमेन्ट बैंक सबैभन्दा धेरै ११ करोड ९१ लाख रुपैयाँ बढी नोक्सानीमा पुगेको छ । यस्तै एक्सेल डेभलपमेन्ट बैंक ६ करोड ९९ लाख र नारायणी डेभलपमेन्ट बैंकले ६ करोड ३८ लाख रुपैयाँ घाटामा रहेको छ ।

कसको प्रतिसेयर आम्दानी कति ?

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गरिमा विकास बैंकको वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) सबैभन्दा धेरै १८ रुपैयाँ ९ पैसा कायम भएको छ । यस्तै कामना सेवा विकास बैंकको १५ रुपैयाँ ७८ पैसा, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १५ रुपैयाँ ६८ पैसा, महालक्ष्मी विकास बैंकको १३ करोड ३३ लाख, लुम्बिनी विकास बैंकले १२ करोड ७ लाख, मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९२ पैसा छ ।

पुस मसान्तसम्ममा मितेरी डेभलपमेन्ट बैंकले बैंकको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७९ पैसा, सांग्रिला डेभलपमेन्ट बैंकको ५ रुपैयाँ ८४ पैसा, ग्रीन डेभलपमेन्ट बैंकको ४ रुपैयाँ ८६ पैसा, ज्योति विकास बैंकको ४ रुपैयाँ ६० पैसा, सिन्धु विकास बैंक ४ रुपैयाँ ५१ पैसा, कर्पोरेट डेभलपमेन्ट बैंकको १ रुपैयाँ ७४ पैसा छ ।

पुससम्ममा एक्सेल डेभलपमेन्ट बैंकको ११ रुपैयाँ १९ पैसा, नारायणी डेभलपमेन्ट बैंकको २४ रुपैयाँ ३३ पैसा र सप्तकोशी डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै २८ रुपैयाँ ५७ पैसा ऋणात्मक छ । ऋणात्मक भएपनि सप्तकोशीले अघिल्लो पुसको तुलनामा ३१ रुपैयाँ ९६ पैसाले सुधार गरेको हो । २०७९ पुससम्ममा ६० रुपैयाँ ५३ पैसा ऋणात्मक थियो । यस्तै सिन्धु विकास बैंकको पनि ६ रुपैयाँ ७१ पैसा ऋणात्मकबाट ११ रुपैयाँ २२ पैसाले बढेर ४ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

Devlopment Bank Earning Per Share
S.N. Sector -Development Banks Stock Symbol FY 2080-81 Q2 FY 2079-80 Q2 Change 
1 Garima Bikas Bank Limited GBBL 18.09 17.69 0.40
2 Kamana Sewa Bikas Bank Limited KSBBL 15.78 11.94 3.84
3 Shine Resunga Development Bank SHINE 15.68 20.06 -4.38
4 Mahalaxmi Bikas Bank Ltd. MLBL 13.33 15.76 -2.43
5 Lumbini Bikas Bank Ltd. LBBL 12.07 15.43 -3.36
6 Muktinath Bikas Bank Ltd. MNBBL 11.92 17.77 -5.85
7 Miteri Development Bank Limited MDB 8.79 11.64 -2.85
8 Shangrila Development Bank  SADBL 5.84 11.06 -5.22
9 Green Development Bank Ltd. GRDBL 4.86 1.09 3.77
10 Jyoti Bikas Bank Limited JBBL 4.60 1.63 2.97
11 Sindhu Bikash Bank Ltd SINDU 4.51 -6.71 11.22
12 Corporate Development Bank Limited CORBL 1.74 2.35 -0.61
13 Excel Development Bank Ltd. EDBL -11.19 3.72 -14.91
14 Narayani Development Bank Limited NABBC -24.33 -12.67 -11.66
15 Saptakoshi Development Bank SAPDBL -28.57 -60.53 31.96
16 Karnali Development Bank Limited KRBL

 

अघिल्लो पुसको तुलनामा चालु आवको सोही अवधिमा कामना सेवा विकास बैंकको इपीएस ३ रुपैयाँ ८४ पैसा, ग्रीन डेभलपमेन्ट बैंकको ३ रुपैयाँ ७७ पैसा, ज्योति विकास बैंकको २ रुपैयाँ ९७ पैसा र गरिमा विकास बैंकको ४० पैसाले बढेको छ । अघिल्लो पुसको तुलनामा एक्सेल डेभलपमेन्ट बैंकको इपीएस १४ रुपैयाँ ९१ पैसा, नारायणी डेभलपमेन्ट बैंकले ११ रुपैयाँ ६६ पैसा, मुक्तिनाथ विकास बैंकको ५ रुपैयाँ ८५ पैसा र सांग्रिला डेभलपमेन्ट बैंकको ५ रुपैयाँ २२ पैसाले इपीएस घटेको हो । शाइन रेसुङ्गाको ४ रुपैयाँ ३८ पैसा, लुम्बिनी विकास बैंकको ३ रुपैयाँ ३६ पैसा, मितेरी डेभलपमेन्ट बैंकको २ रुपैयाँ ८५ पैसा, महालक्ष्मी विकास बैंकको २ रुपैयाँ ४३ पैसा र कर्पोरेट डेभलपमेन्ट बैंकको वार्षिक प्रतिसेयर आम्दानी ६१ पैसाले घटेको हो ।

विकास बैंकको औसत प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ५४ पैसा रहेको छ । कर्णाली डेभलपमेन्ट बैंकले भने दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।