वित्तीय क्षेत्रमा सम्पत्ति शुद्धिकरणको शंकास्पद कारोबार दोब्बरले बढ्यो

0
Shares

वित्तीय क्षेत्रमा सम्पत्ति शुद्धिकारण गरेको हुन सक्ने शंकास्पद कारोबार उल्लेख्य रुपमा बढेको छ । वित्तीय क्षेत्रका सबै निकायले वित्तिय जानकारी इकाइमा आएका शंकास्पद कारोबारका उजुरी नै ११३ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईका अनुसार आर्थिक वर्ष २०७९/०८० मा नियमकले तोकेको सीमा भन्दा धेरै कारोबार गर्ने तथा शंकास्पद कारोबार गरे भन्दै ५ हजार ९ सय ३५ उजुरी परेको छ । यो उजुरी संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ११३ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा समग्र वित्तीय क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको शंकामा वित्तीय जानकारी इकाइमा २ हजार ७ सय ८० मात्र उजुरी परेको थियो ।

गत आर्थिक वर्षमा वित्तीय जानकारी इकाइमा आएको सम्पत्ति शुद्धिकरणको आसंङकाको घेरामा परेको ५ हजार एक सय ८७ वटा उजुरी वाणिज्य बैंकबाट गएका छन् । त्यसैगरी विकास बैंकबाट शंकास्पद कारोबारको रिपोर्ट २ सय ५७, फाइनान्स कम्पनीहरुबाट ४४, बीमा कम्पनीहरुबाट १९, लघुवित्तबाट २६, रेमिट्यान्स कम्पनीहरुबाट एक सय ४६, धितोपत्र दलाल कम्पनीहरुबाट ४६, सहकारीबाट एक, भुक्तानी सेवा सञ्चालन र सेवा प्रदायकबाट २०२ र वित्तीय कारोबार हुने सरकारी नियकायबाट ५ गरी जम्मा ५ हजार ९ सय ३५ शंकास्पद कारोबारको रिपोर्ट इकाइमा परेको हो ।

त्यसैगरी गत आर्थिक वर्षमा सीमा भन्दा धेरै कारोबार गरेको रिपोर्ट १६ लाख ९८ हजार ३ सय ९८ वटा रिपोर्ट आएको वित्तीय जनकारी इकाइले जनाएको छ । यरी आएका उजुरी उपर अध्ययन तथा अनुसन्धान गरेर कारबाहीका लागि सम्बन्धी निकायमा पठाउने काम इकाइले गर्छ ।

गत आर्थिक वर्षमा इकाइले ६ सय १७ बटा शंकास्पद रिपोर्टलाई सम्बन्धीत निकायमा कारबाहीका लागि पठाएको छ । अघिल्लो आर्थिक वर्षमा इकाइले कारबाहीका लागि पठाएका रिपोर्ट ५ सय ५९ वटा मात्र थिए ।

इकाइले सम्पत्ति शुद्धिकरण विभागमा ४० वटा रिपोर्ट पठाएको छ । त्यसैगरी नेपाल प्रहरीमा ३१८, राजस्व अनुसन्धान विभागमा १५२, आन्तरिक राजस्व विभागमा ३२, अख्तियार दुरुपयोग अनुसन्धान आयोमा ५, हिकारी विभागमा २, नेपाल बीमा प्राधिकरणमा एक, समाज कल्याण परिसदमा १६ वटा र राष्ट्र बैंकका विभिन्न विभागहरुमा ५१ वाटा रिपोर्टहरु आवश्यक कारबाहीका लागि सिफारीस गेको इकाइले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।