उद्योग वाणिज्य संघ काठमाण्डौंको कृषि पर्यटन तथा उद्योग समितिले पायो पूर्णता


नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको कृषि, पर्यटन तथा उद्योग समितिले पूर्णता पाएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच समितिलाई पूर्णता दिएका हुन् ।

उक्त समितिको सभापतिमा संघका सह कोषाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणि सदस्य नानिराज घिमिरे छन् । यसैगरी सहसभापतिमा नेपाल समुन्द्र निकासी पैठारी संघका कार्यसमिति सदस्य राम चन्द्र खेतान छन् ।

उक्त समिति अन्तर्गत कृषि उपसमिति, पर्यटन उपसमिति र उद्योग उपसमिति समेत गठन गरीएको छ । समितिमा तपशिल बमोजिमका उद्योगी, व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको थियो । समितिको वैठकमा नेपालको उत्पादन क्षेत्र विकास र प्रवद्र्धन गर्ने बारे बृहत छलफल समेत भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।