दोर्दीखोला जलविद्युतको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

0
Shares

दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले एक बराबर एक अनुपातमा हकप्रद हकप्रद सेयर निष्काशन प्रयोजनार्थ सानिमा क्यापिटल लिमिटेड नक्साललाई बिक्री प्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा चुक्ता पुँजी बराबर (शतप्रतिशत) ले हुन आउने १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

पुस २९ गते, आइतबार सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले हकप्रद जारी गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको थियो ।

विद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न तथा आयोजनामा लगानी गर्न पाउने प्रयोजनका लागि हकप्रद सेयर निष्कासन गर्न पाउने व्यवस्था गरेपछि विद्युत् कम्पनीहरूले धमाधम हकप्रद ल्याउन थालेका हुन् ।

लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना दुई अर्ब २९ करोडको लगानीमा निर्माण सम्पन्न भई २०७९ साउनदेखि विद्युत उत्पादन थालेको हो । सानिमाको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेको उक्त आयोजनाको निर्माण २०७४ सालबाट सुरु भएको थियो । विद्युत उत्पादनका निम्ति दोर्दी करिडोरअन्तर्गत १३२ केभी प्रसारणलाइनमार्फत कीर्तिपुर सबस्टेसनमा जोडिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।