संखुवासभा पावरको आईपीओ एनआईसी एशिया क्यापिटलले निष्कासन गर्ने

0
Shares

संखुवासभा पावर डेभलपमेण्ट कम्पनी र एनआईसी एशिया क्यापिटलबीच सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्झौता सम्पन्न भएको छ ।

एनआईसी एशिया क्यापिटल र संखुवासभा पावरबीच क्यापिटलको “आईडिया टू आईपीओ” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता पत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्यालले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया क्यापिटलले “आईडिया टू आईपीओ” अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि क्ष्एइ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ । सोही सेवा अन्तर्गत काठमाण्डौ महानगरपालिका, पेप्सीकोला, काठमाण्डौंमा रजिष्ट्रार कार्यालय रहेको संखुवासभा डेभलपमेण्ट कम्पनीलाई क्यापिटलको “आईडिया टू आईपीओ” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित संखुवासभा पावर डेभलपमेण्ट प्रा।लि।लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेड र संखुवासभा पावर डेभलपमेण्ट कम्पनी बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले संखुवासभा जिल्लाको सभाखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये ९.४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत आयोजना र ४.१ मेगावटको सुपर सभाखोला साना जलविद्युत आयोजना रहेका छन् । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले जारी पुँजीको २५ प्रतिशत सेयर अर्थात् १०० रूपैयाँ अंकित दरका २५ लाख ५० हजार कित्ता साधारण शेयर निकट भविष्यमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा निष्काशन गर्नेछ ।

एनआईसी एशिया क्यापिटलले “आईडिया टू आईपीओ” सेवा अन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।