अधिकांश फाइनान्सले बनाए लगानीकर्ता निराश, तीन ओटाले मात्रै दिए लाभांंश

0
Shares

सञ्चालनमा रहेका पन्ध्र फाइनान्स कम्पनीमध्ये गत आर्थिक वर्ष २०७९–८० को मुुनाफाबाट सात ओटाले सेयरधनीलाई लाभांश वितरण नगरेर निराश बनाएका छन् । हालसम्म तीन ओटाले मात्रै लाभांश दिएका छन् ।

आर्थिक वर्ष २०७९–८० को मुुनाफाबाट आईसिएफसि फाइनान्स, मञ्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीले मात्रै लाभांश वितरण गरेका हुन् । तीनओटै कम्पनीले नगद लाभांश मात्र वितरण गरेका छन् । कम्पनीले आईसिएफसिले कर सहित चुक्ता पुँजीको ६.५० प्रतिशत, मञ्जुश्रीले ५.२६ र श्री इन्भेष्टमेन्टले ५.०५ प्रतिशत नगद लाभांश दिएका हुन् ।

सात ओटा कम्पनीले लाभांश वितरण नगरेका हुन् । यस अवधिमा प्रोगेशिभ फाइनान्स, नेपाल फाइनान्स, गुहेश्वरी मर्चेन्ट, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, र गुडविल फाइनान्सले बिना लाभांश साधारण सभा सम्पन्न गरेका छन् । मल्टिपर्पस फाइनान्सले पनि लाभांश वितरण गरेन । कम्पनीले फागुन १८ गते साधारण सभा आह्वान गरेको छ । यसरी गत आवबाट ७ फाइनान्स कम्पनीको लगानीकर्ताको हात खाली भएको छ ।

Sector- Finance Bonus Cash Total Bookclose AGM
ICFC Finance Limited 0.00 6.50 6.50 Poush 13, Friday Poush 29, Sunday
Manjushree Finance Ltd. 0.00 5.26 5.26 Poush 11, Wednesday Poush 25, Wednesday
Shree Investment Finance Co. Ltd. 0.00 5.05 5.05 Poush 20, Friday Poush 29, Sunday
Progressive Finance Limited 0.00 0.00 0.00 Magh 7, Sunday Magh 22, Monday
Nepal Finance Ltd. 0.00 0.00 0.00 Poush 6, Friday Poush 20, Friday
Guheshowori Merchant Bank & Finance 0.00 0.00 0.00 Poush 20, Friday  Poush 28, Saturday
Pokhara Finance Ltd. 0.00 0.00 0.00 Poush 19, Thusday Poush 29, Sunday
Samriddhi Finance Ltd. 0.00 0.00 0.00 Poush 13, Friday Poush 28, Saturday
Goodwill Finance Co. Ltd. 0.00 0.00 0.00 Poush 18, Wednesday Magh 15, Monday
Multipurpose Finance Company Limited 0.00 0.00 0.00 Falgun 6, Sunday Falgun 18, Friday

 

पाँच ओटाले अझै गरेनन् घोषणा

माघ २३ गते मंगलबारसम्म अझै पाँच फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका छैनन् । हालसम्म गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, रिलायन्स फाइनान्स र बेष्ट फाइनान्सले लाभांश घोषणा नगरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।