झ्यामोलोङ्गमा हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एलएस क्यापिटल

0
Shares

झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणहरुको लागि साधारण सेयर निष्काशन गर्ने भएको छ। सर्वसाधारणको लागि निष्काशन (आईपीओ) बिक्रीका लागि कम्पनीले एलएस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको हो ।

करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी आइरहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरले कुल ५१ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । उक्त सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत०का लागि निष्काशन हुनेछ ।

साधारण सेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच समझदारी भएको छ । कम्पनीको करर्पोरेट कार्यालय कुपन्डोल, ललितपुरमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता भएको हो ।

जारी पुँजी २ अर्ब ५५ करोड रहेको झ्यामोलोङ्ग हाइड्रोपावारले करुवा सेती हाइड्रोपावरको करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भएपश्चात यसै आर्थिक वर्ष भित्रविद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना कम्पनीको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।