माथिल्लो मैलुङखोलाको नोक्सानी घट्यो

0
Shares

माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको नोक्सानीमा सुधार भएको छ । चालू आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्म कम्पनी ७८ लाख ४२ हजार रुपैयाँ खुद नोक्सानीमा छ ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नोक्सानी घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ९२ लाख ४७ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । विद्युत बिक्री आय घटेपनि सँगै व्यवस्थापन र अन्य सञ्चालन खर्च पनि घटेपछि कम्पनीको नोक्सानी कम भएको हो ।

ब्यावसायिक रुपमा विद्युत उत्पादन र बिक्री सुरु हुन बाँकी रहेको कम्पनीले ब्याज आम्दानीबाट ४ लाख ७३ हजार र ५० हजार अन्य आय गरेको छ । कम्पनीको प्रशासनिक खर्च समीक्षा अवधिमा २७ लाख ७१ हजारले घटेर ८३ लाख ६५ हजार रुपैयाँ खर्च भएको छ । प्रशासनिक र अन्य सञ्चालन खर्च गत वर्ष १ करोड ११ लाख ३६ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी १ अर्ब रहेको कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ६६ लाख ६ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीका जगेडामा ४ लाख २८ हजार रुपैयाँ सञ्चित छ । दोस्रो त्रैमाससम्म ९६ पैसा प्रति सेयर नोक्सानीमा रहेको छ भने कम्पनीको प्रति सेयर नेटवर्थ ९४ रुपैयाँ ३४ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।