प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको खुद बीमा शुल्क पौने ५ लाख

0
Shares

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा ४ लाख ६९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

प्रकाशित वित्तीय विवरण यस अवधिमा कम्पनीले ४१ लाख ७३२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा ३६ लाख ६२ हजार पुनर्बीमा मार्फत खर्चिएको छ । चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीले पुससम्ममा ९ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको प्रति सेयर आम्दानी १८ पैसा छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको बीमा कोषमा १ करोड २५ लाख ३४ हजार रुपैयाँ र महाविपत्ती कोषमा २ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीको सञ्चिित जगेडा कोषमा २१ लाख १२ हजार रहेको छ ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत साता भित्र मात्रै विभिन्न स्थानमा पाँच नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यस कम्पनीले माघ १४ देखि १८ गतेसम्म क्रमशः घोराही, कोहलपुर, भैरहवा, टाँडी तथा लहानमा शाखा तथा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

नवसञ्चालित शाखा कार्यालयहरुको औपचारिक उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले गरेका थिए । कम्पनीले उल्लेखित कार्यालयहरुको अलावा बिर्तामोड, उर्लाबारी, इटहरी, लम्की, डडेल्धुरा तथा गोकुलेश्वरमा शाखा तथा उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

यसरी हालसम्म कम्पनीको कुल कार्यालय संख्या १३ रहेको र सो मध्ये ११ शाखा तथा उपशाखाहरु, १ प्रदेश कार्यालय र १ मुख्य कार्यालय रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।