अपि पावर कम्पनीको नाफा ९६% घट्यो, ६ महीनामा साढे २१ लाख मात्रै

0
Shares

अपि पावर कम्पनी लिमिटेडको खुद नाफा ९६.५६ प्रतिशतले घटेको छ । कम्पनीको विद्युत विक्री आम्दानी १२६ प्रतिशत वृद्धि भएपनि कम्पनीको खुद नाफा भने यस अवधिमा ९६.६० प्रतिशत घटेको हो ।

चुक्ता पुँजी ५ अर्ब ७८ करोड रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी २ रुपैयाँ ७५ पैसा, प्रति सेयर नेटवर्थ १०३ रुपैयाँ ३१ पैसा र मूल्य आम्दानी अुनपात ७० दशमलव ५ गुणा छ । जुससम्म कम्पनीको जगेडा कोषमा १९ करोड १३ लाख रुपैयाँ सञ्चिती छ ।

चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार अपि पावरले २१ लाख ४३ हजार रुपैयाँ मात्र खदुद नाफा कमाएको छ । गत आवमा कम्पनीले ६ करोड २३ लाख ९३ हजार नाफा कमाएको थियो । वित्तीय लागत बढेपछि कम्पनीको खुद नाफा प्रभावित बनेको हो ।

चालू आवमा कम्पनीको वित्तिय खर्च ९ करोड ८६ लाख ८९ हजारबाट बढेर २१ करोड ४७ लाख ९८ हजार रुपैयाँ पुगेको छ । सोही कारण कम्पनीको नाफा घटेको हो । यद्यपी कम्पनीको विद्युत विक्री आम्दानी गत आवको पुससम्म २७ करोड ४२ लाख ५० हजार रहेकोमा बढेर ६२ करोड ६६ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले कर्मचारीको बोनसमा कटौति गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कर्मचारीको बोनसका लागि १७ लाख ८६ हजार रुपैयाँ छुट्टाएको कम्पनीले समीक्षा अवधिमा भने १ लाख ४४ हजार मात्रै छु्ट्टाएको छ । १ अर्ब ११ करोड रुपैयाँ कर्जा लिएको कम्पनीको नगद मौज्दात १ करोड २५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले हालसम्ममा ८.५ मेगावाटको नौगड, ८ मेगावाटको अपर नौगड र ४० मेगावाटको अप्पर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चलान गरिरहेको छ । साथै, ४ मेगावाटको चन्द्रनिगारपुर सौर्य आयोजना, १ मेगावाटको ढल्केबर सौर्य आयोजना र १ मेगावाटको सिमरा सौर्य आयोजना पनि सञ्चालन गरिरहेको छ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।