म्युचुअल फन्डका इकाई अंकित मूल्यभन्दा दोस्रो बजारमा २८% सम्म सस्तो

0
Shares

सामुहिक लगानी कोष योजनाको इकाई प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा नै २८% सम्म सस्तोमा बिक्री हुन थालेको छ । प्रति इकाइ खुद सम्पत्तिको मूल्य (म्युचुअल फन्डहरुको न्याभ भ्यालु) नै कम हुन थालेपछि दोस्रो बजारमा निकै सस्तोमा पाइन थालेको हो ।

पुस महीनाको तथ्याङ्क अनुसार बन्दमुखी योजनाका ३५ म्युचुअल फन्डमध्ये ६ ओटाको न्याभ भ्यालु अंकित मूल्यभन्दा तल रहेका छन् । ती फन्डहरुमा मेगा म्युचुअल फन्ड–१, एनआईबिएल समृद्धि फन्ड–२, नबिल ब्यालेन्स्ड फन्ड–३, सनराइज ब्लूचिप फन्ड, सिद्धार्थ इक्वीटी फन्ड, एनआईसी एशिया ग्रोथ फन्ड–२  रहेका छन् । ती फन्डहरूको प्रति इकाइ खुद सम्पत्तिको मूल्य (न्याभ) अंकित मूल्यभन्दा तल झरेको हो ।

समीक्षा अवधिमा २९ ओटा फन्डको प्रति इकाइ खुद सम्पत्तिको मूल्य अंकित मूल्यभन्दा माथि रहेको छ । तर लगानीकर्तासँग लगानीयोग्य रकम नहुँदा अंकित मूल्य भन्दा निकै तल म्युचुअल फन्डहरुको कारोबार दोस्रो बजारमा भइरहेको हो । राम्रो प्रतिफल वितरण गर्दै आइरहेका म्युचुअल फन्डहरुको कारोबार समेत हाल दोस्रो बजारमा नै डिस्काउन्ट रेटमा नै भइरहेको छ । यसकारण राम्रो लाभांश दिएका म्युचुअल फन्डहरु प्राथमिक बजारमा भन्दा दोस्रो बजारबाट किन्नु निकै राम्रो समय हो । न्याभ भन्दा बजार मूल्य कम भएमा सो फन्ड सस्तो भने थाहा पाउन सकिन्छ ।

माघ २५ गतेको बजार मूल्य अनुसार सानिमा इक्वीटी फन्डको इकाईमूल्य मात्र अंकित मूल्य (दश रुपैयाँ) भन्दा माथि छ । अहिले दोस्रो बजारमा सूचीकृत भएका ३४ म्युचुअल फन्डहरुको बजार मूल्य अंकित मूल्यभन्दा तल छ । एनआईसी एशिया ग्रोथ फन्ड–२ भने हालै मात्रै नेप्सेमा सूचीकृत भई आइतबारदेखि मात्र दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

 

Symbol  Magh 25, Closing Price  NAV Poush END
MMF1 7.32 9.07
NIBSF2 7.22 9.25
NBF3 7.44 9.43
SBCF 8.05 9.94
SEF 8.00 9.97
NICGF2 9.00 9.98
SIGS2 8.01 10.03
CMF2 8.10 10.06
RMF1 7.86 10.09
SLCF 8.02 10.09
LEMF 9.51 10.30
NBF2 8.20 10.31
SFEF 7.98 10.33
LUK 8.30 10.38
LVF2 7.90 10.41
KEF 8.12 10.44
NIBLGF 8.01 10.45
CMF1 8.80 10.47
GIBF1 8.59 10.55
H8020 8.70 10.56
SIGS3 8.49 10.64
NICBF 8.56 10.65
PSF 8.50 10.68
C30MF 9.01 10.77
RMF2 8.27 10.84
NMB50 9.29 10.89
PRSF 8.56 10.96
SAGF 8.50 11.06
KDBY 8.55 11.06
NICFC 8.66 11.13
NICGF 9.46 11.19
NICSF 8.83 11.25
SFMF 9.80 11.37
SAEF 10.20 11.43
NSIF2 9.00 11.49

 

सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले आफ्नो कुल लगानीमध्ये अधिकांश रकम नेप्सेमा सूचीकृत विभिन्न कम्पनीका सेयरमा लगानी गर्छन् । सेयर बाहेक सरकाी ऋणपत्र, सूचीकृत कम्पनीका ऋणपत्र, अन्य म्युचुअल फन्ड तथा बैंक मुद्दती निक्षेप र नगद मौज्दातको रुपमा हुन्छ । फन्डहरुले लगानी गरेका सेयरहरुको दोस्रो बजारमा जतिजति मूल्य घट्दै जान्छ, त्यसपछि म्युचुअल फन्डको प्रतिइकाइ खुद सम्पत्तिको मूल्य (न्याभ) पनि सोही अनुसार घट्दै जाने हुन्छ । यसरी धेरै जोखिम लिनु नपरोस् भनेर सामुहिक लगानी कोष योजना सञ्चालन र व्यवस्थापन गर्नेहरुले लगानीका लागि म्युचुअल फन्डले दक्ष जनशक्ति राखेका हुन्छन् । सेयर बजार वियरिस ट्रेन्डमा रहँदा पछिल्लो समय करोडौं व्यवस्थापन शुल्क खर्चेर विश्लेषक राख्ने गरेका सामुहिक लगानी कोष योजनाले समेत लगानीकर्तालाई आफनो फन्ड खरिदतर्फ ध्यान आकृष्ट गर्न सकेका छैनन् ।

यद्यपी अवधिमा फन्डले समेत प्रयाप्त मुनाफा आर्जन गर्न सकेको देखिँदैन । म्युचुअल फन्डहरुको ठूलो लगानीको हिस्सा सेयर बजारमा भएकाले बजारको सामान्य उतारचढावले पनि योजनाहरुको आम्दानीमा ठूलो झड्का लाग्ने गर्दछ । लगानी विविधिकरण गर्न नसक्दा सेयर बजारको सोझो प्रभाव म्युचुअल फन्डको न्याभमा पर्ने गरेको हो ।

माघ २५ गते बिहीबारको बजार भाउ अनुसार सूचीकृत रहेको योजनाहरुमध्ये ६ ओटा फन्डको प्रति इकाइ बजार मूल्य ८ रुपैयाँभन्दा कम छ । यस्तै थप २१ ओटा फन्डको ९ रुपैयाँभन्दा कम, ७ ओटाको दश रुपैयाँभन्दा कम छ । सर्वाधिक मूल्य भएको सानिमा म्युचुअल फन्डको सबैभन्दा धेरै १० रुपैयाँ २० पैसा मात्र छ । सेयर बजार वियरिस ट्रेन्डमा रहँदा बजारमा सेयर भाउहरु पनि निकै तल्लो विन्दुमा छ । सोही कारण प्राथमिक बजारबाट नयाँ खुलेका म्युुचुअल फन्डका इकाईहरुभन्दा दोस्रो बजारबाटै म्युचुअल फन्डका इकाईहरु छानीरोजी किन्न पाइने अवस्था छ ।

Symbol  Poush End Nav to Magh 25 price Different
RMF2 -2.57
SAGF -2.56
LVF2 -2.51
KDBY -2.51
NSIF2 -2.49
NICFC -2.47
NIBLGF -2.44
NICSF -2.42
PRSF -2.40
SFEF -2.35
KEF -2.32
RMF1 -2.23
PSF -2.18
SIGS3 -2.15
NBF2 -2.11
NICBF -2.09
LUK -2.08
SLCF -2.07
NIBSF2 -2.03
SIGS2 -2.02
NBF3 -1.99
SEF -1.97
CMF2 -1.96
GIBF1 -1.96
SBCF -1.89
H8020 -1.86
C30MF -1.76
MMF1 -1.75
NICGF -1.73
CMF1 -1.67
NMB50 -1.60
SFMF -1.57
SAEF -1.23
NICGF2 -0.98
LEMF -0.79

 

दोस्रो बजारमा म्युचुअल फन्डका इकाईहरुको मूल्य जतिधेरै प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भन्दा कम हुन्छन् त्यति धेरै लगानीका लागि उत्तम मानिन्छन् । यदि न्याभ भन्दा बजार मूल्य कम भएमा उक्त फन्ड सस्तो छ भनेर सजिलै थाहा पाउन सकिन्छ । हाल सबै फन्डको न्याभ भन्दा बजार मूल्य कम छ । यसआधारमा प्राथमिक बजारमा वा फन्डको आइपीओमा लगानी गर्नुभन्दा दोस्रो बजारबाट किन्नु निकै फाइदाजनक हुन्छ । हाल न्याभको तुलनामा २० ओटा फन्डको बजार मूल्य २ रुपैयाँ वा सो भन्दा धेरै बढी छ । जसमा आरबिबि म्युचुअल फन्ड–२ को बजार भाउ न्याभभन्दा २ रुपैयाँ ५७ पैसा कम छ । ९ रुपैयाँ ७ पैसा न्याभ रहेको म्युचुअल फन्ड–२ को बिहीबार बजार भाउ ७ रुपैयाँ ३२ पैसा छ । सबैभन्दा कम मूल्य एनआईबिएल समृद्धि फन्ड–२ को ७ रूपैयाँ २२ पैसा मात्र छ । साे फन्डकाे न्याभ भने ९ रूपैयाँ २५ पैसा छ ।

Symbol  Closing Price 
NIBSF2 7.22
MMF1 7.32
NBF3 7.44
RMF1 7.86
LVF2 7.90
SFEF 7.98
SEF 8.00
NIBLGF 8.01
SIGS2 8.01
SLCF 8.02
SBCF 8.05
CMF2 8.10
KEF 8.12
NBF2 8.20
RMF2 8.27
LUK 8.30
SIGS3 8.49
PSF 8.50
SAGF 8.50
KDBY 8.55
NICBF 8.56
PRSF 8.56
GIBF1 8.59
NICFC 8.66
H8020 8.70
CMF1 8.80
NICSF 8.83
NSIF2 9.00
NICGF2 9.00
C30MF 9.01
NMB50 9.29
NICGF 9.46
LEMF 9.51
SFMF 9.80
SAEF 10.20

 

दोस्रो बजारमै डिस्काउन्ट रेटमा म्युचुअल फन्डहरु खरिद गर्न सकिने भएकै कारण लगानीकर्ताले प्राथमिक निष्काशनमा आवेदन दिनुभन्दा दोस्रो बजारमा किन्नु फाइदाजनक देखिएको हो । नयाँ इकाई निष्कासन गर्ने म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँमा जारी गर्ने गरेका छन् । यही मूल्यमा प्राथमिक बजारमा सर्वसाधारणमा म्युचुअल फन्ड खुल्ने गरेका छन् । तर दोस्रो बजारमा भने अहिले ७ रुपैयाँमै यस्ता फन्डका इकाई पाइने गरेको छ ।

दोस्रो बजारमा न्याभभन्दा पनि निकै सस्तोमा पाइन थालेपछि प्राथमिक निष्कासनमा म्युचुअल फन्डका इकाईहरु बिक्री हुन छाडेका छन् । त्यही भएर पछिल्ला दिनमा म्युचुअल फन्डहरुले प्राथमिक निष्कासनमा समय थपेर १५ दिनसम्ममा बिक्री खुला गरिरहेका छन् । त्यति हुँदा पनि बिक्री हुन हम्मेहम्मे परिरहेको छ ।

अघिल्लो आर्थिक वर्ष आकर्षक लाभांश दिएपनि गत आर्थिक वर्षबाट आधा बढी कम्पनीले लाभांश वितरण नगरेका कारण पनि म्युचुअल फन्डमा लगानीकर्ताको आकर्षण बढ्न नसकेको हो । गत आवबाट १७ ओटा योजनाले मात्र इकाईधनीलाई लाभांश दिएका छन् ।

हेरौं कुन–कुन बन्दमुखी योजनाले दिए इकाईधनीलाई लाभांश ?

Stock Symbol Total
SAEF 18.00
SFMF 16.00
NMB50 15.00
NMBHF1 15.00
NICGF 10.50
KEF 10.00
NICBF 10.00
NBF2 9.60
LUK 9.50
PSF 9.50
LEMF 8.00
CMF2 8.00
NIBLPF 6.80
SIGS2 6.50
KDBY 6.00
SEF 5.00
GIBF1 5.00

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।