युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सीईओ खत्रीले दिए राजीनामा

0
Shares

युनाइटेड अजोड इन्स्योरेन्सका बरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कुमार बहादुर खत्रीले राजीनामा दिएका छन् । खत्रीले सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् । खत्रीले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृत हुन बाँकी छ ।

अजोड र युनाइटेड मर्ज हुनुभन्दा अगाडि अजोडका सीईओ रहेका खत्री मर्जपछिको युनाइटेड अजोडमा बरिष्ठ डेपुटी सीईओको भूमिकामा रहेका थिए । उनी २०७५ जेठमा अजोडको सीईओ नियुक्त भएका थिए ।खत्रीकै व्यवस्थापकीय नेतृत्वमा अजोड इन्स्योरेन्सको स्थापना भएको हो । स्थापनाकालदेखि नै राम्रो कार्यक्षमता प्रस्तुत गरेर सफलताको चर्चा कमाएका खत्रीले मर्जरपछि भने राजीनामा दिएका हुन् । तत्कालिन अवस्थामा प्रभु इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सले मर्जरमा जाने तयारी गर्दा सीईओ नपाउँदा खत्रीले नै प्रभु इन्स्योरेन्ससँगको मर्जर असफल बनाएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण खत्री साढे दुई दशदेखि इन्स्योरेन्स क्षेत्रमा कार्यरत रहँदै आएका थिए । नेपाल इन्स्योरेन्स कम्पनीबाट विकास अधिकृतबाट बीमा क्षेत्रमा प्रवेश गरेका खत्रीसँग तत्कालीन एनबी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स समेत कार्यअनुभव छ । अजोड र युनाइटेड अजोडमा गरी उनले सात वर्ष काम गरेका छन् । युनाईटेड अजोड इन्स्योरेन्स मर्जरमा आउँनु अघि उनले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा झन्डै दुई कार्यकाल नेत्तृत्व गरेका थिए । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।