कैलालीमा भिजन सेक्युरिटिजको सेयर बजार सचेतना कार्यक्रम


कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सेयर बजार सम्वन्धी साक्षात्कार कार्यक्रम आयोजना भएको छ ।

भिजन सेक्युरिटिज् प्रा.लि. (सेयर ब्रोकर न.. ३४) र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा कैलालीको धनगढी स्थित कैलाली क्याम्पसमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरेका हुन् ।

सुवास चन्द्र भट्टराईले प्रशिक्षण दिएको कार्यक्रममा नवप्रवेसी लगानीकर्ताहरुले सेयर वजारमा अपनाउनु पर्ने सावधानीहरु, सेयर वजारको कारोवार प्रकृया, लगानी गर्नु पुर्व ध्यान दिनु पर्ने विषयहरुमा जानकारी दिइएको थियो ।

भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले कलेज स्तरवाट नै सेयर वजारको वारेमा जानकारी दिने उद्देश्यका साथ काठमाडौंका केही कलेजहरुमा यस प्रकारको कार्यक्रम गरि सकिएको र यसलाई निरन्तरता दिईने बताए ।

सचेतना कार्यक्रम आयोजना गरेको भन्दै कैलाली बहुमुखी क्याम्पसका उप–प्रमुख ठाकुर प्रसाद ढुंगेलले भिजन सेक्युरिटिज् प्रा.लि. तथा प्रशिक्षकलाई धन्यवाद दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।