जीवन बीमा कम्पनीको खुद मुनाफा तीन अर्ब माथि, २०.५२% बढ्यो

0
Shares

सञ्चालनमा रहेका चौध जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा ३ अर्ब ८ करोड ४१ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा कम्पनीहरुको खुद मुनाफा २०.५२ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष २०७९–८० को पहिलो ६ महीना अवधिमा जीवन बीमक कम्पनीहरुको मुनाफा २ अर्ब ५५ करोड ९० लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।  कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १२ ओटा कम्पनीको खुद नाफा वृद्धि हुँदा २ ओटाको घटेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको पुसको तुलनामा सबैभन्दा धेरै ९६.४८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । यसैगरी आइएमई लाइफको ९६.१४%, सूर्यज्योति लाइफको ६२.९३% र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको ५९.७९% प्रतिशतले वृद्धि गरेको छ । यसैगरी चालु आर्थिक वर्षको पहिलो ६ महीनामा राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा ४४.१५%, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३६.१०%, मेट लाइफको ३३.५३%, नेशनल लाइफ इन्स्योरेन्सको १६.९१%, नेपाल लाइफको १२.९१%, एशियन लाइफको ११.४५% प्रतिशतले बढेको छ । यसैगरी यस अवधिमा रिलायबल नेपाल लाइफको ४.९७% र सबैभन्दा कम सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा २.७३% प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको पुससम्मको तुलनामा सबैभन्दा धेरै ८.२४% ले घटेको छ भने सन नेपाल लाइफको खुद नाफामा पनि ७.२२ % प्रतिशतले गिरावट आएको हो ।

नेपाल लाइफले कमायो सर्वाधिक, राष्ट्रिय जीवन बीमा कम्पनी पुछारमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पुस मसान्तसम्ममा कम्पनीले ३७ करोड ८८ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । हिमालयन लाइफ इन्स्योरेन्सले पुस मसान्तसम्म ३४ करोड ६० लाख ६३ हजारमा सीमित भएको छ । गत आवको पुस मसान्तसम्ममा कम्पनीले ३७ करोड ७१ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आवको पुस मसान्तमा तेस्रो ठूलो नाफा कमाएको सन नेपाल लाइफको नाफा ३२ करोड ८४ लाख ५ हजार रुपेयाँमा खुम्चिएको छ । गत आवको पुस मसान्तसम्ममा कम्पनीले ३५ करोड ३९ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । नेशनल लाइफ इन्स्योरेन्सको पुससम्मको खुद नाफा २५ करोड ५१ लाख ५५ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २१ करोड ८२ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

तथ्याङ्क अनुसार सूर्यज्योति लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफको पुससम्मको नाफा २३ करोडभन्दा बढी छ । यस अवधिमा सूर्यज्योति लाइफले २३ करोड ६६ लाख ३१ हजार रुपैयाँ, आइएमई लाइफको २३ करोड ४७ लाख २५ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफको २३ करोड ९ लाख ७९ हजार रुपैयाँ छ । गत आवको पुससम्मममा सूर्यज्योति लाइफले १४ करोड ५२ लाख ३३ हजार रुपैयाँ, आइएमई लाइफको ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफको २२ करोड ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।त्यस्तै चालु आवको पहिलो ६ महीना अवधिमा नाफा सर्वाधिक बढाएको सानिमा रिलायन्सको खुद नाफा २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ११ करोड १८ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

  Life Insurance Company Net Profit (in Thousands)
S.N. Name  2080 Poush End 2079 Poush End Change%
1 Sanima Reliance Life Insurance Ltd 219,730.00 111,835.00 96.48
2 IME Life Insurance Co. Ltd 234,725.00 119,675.00 96.14
3 SuryaJyoti Life Insurance Co. Ltd  236,631.00 145,233.00 62.93
4 Life Insurance Corporation Nepal 136,626.00 85,505.00 59.79
5 Rastriya Jeewan Beema Company 14,288.00 9,912.00 44.15
6 Prabhu Mahalaxmi Life Insurance Ltd 176,423.00 129,629.00 36.10
7 Met Life 193,850.00 145,168.00 33.53
8 National Life Insurance Co. Ltd 255,155.00 218,248.00 16.91
9 Nepal Life Insurance Co. Ltd 427,737.00 378,867.00 12.90
10 Asian Life Insurance Co. Ltd 159,892.00 143,459.00 11.45
11 Reliable Nepal Life Insurance Co. Ltd 230,979.00 220,046.00 4.97
12 Citizens Life Insurance Co. Ltd 123,657.00 120,367.00 2.73
13 Sun Nepal Life Insurance Co. Ltd 328,405.00 353,975.00 -7.22
14 Himalayan Life Insurance Ltd 346,063.00 377,128.00 -8.24
  Total 3,084,161.00 2,559,047.00 20.52

*लागेको जीवन बीमक कम्पनीहरु मर्जरमा गएका कम्पनीहरु भएकाले ती कम्पनीले २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरको २०७९ पुसकाे मुनाफालाई तालिकामा प्रस्तुत गरिएको छ । मर्जरअघि २०७९ पुसमा छुट्टाछुट्टै वित्तीय विवरणको भन्दा केही फरक छन् । मर्जरमा गएका कम्पनीहरुको गत वर्षको पुसकाे मुनाफा फरक पर्ने हुँदा पुरानाे तथ्याङ्ग प्रतिनिधित्व नगर्न सक्दछ ।

तथ्याङ्क अनुसार २०८० पुस मसान्तसम्म मेट लाइफको नाफा बढेर १९ करोड ३८ लाख ५० हजार रुपैयाँ कायम भएको छ । गत आवको पुस मसान्तसम्ममा कम्पनीले १४ करोड ५१ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । प्रभु महालक्ष्मी लाइफको खुद नाफा १७ करोड ६४ लाख २३ हजार रुपैयाँ छ । प्रभु महालक्ष्मीले गत आवको यसै अवधिमा १२ करोड ९६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । साथै एशियन लाइफ इन्स्योरेन्सको नाफा पनि १५ करोड ९८ लाख ९२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा एशियनले १४ करोड ३४ लाख ५९ हजार रुपैयाँ नाफा गरेको थियो ।

पुससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल–एनआइसी नेपालको नाफा १३ करोड ६६ लाख २६ हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा एलआईसीले ८ करोड ५५ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।  सिटिजन लाइफको खुद नाफा गत आवको पुसमा १२ करोड ३ लाख ६७ हजार रहेकोमा हाल बढेर १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।

पुस मसान्तसम्म सबैभन्दा कम नाफा आर्जन गरेको राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा १ करोड ४२ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९९ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।