रियल स्टेट क्षेत्रको उत्थानका लागि चिनियाँ केन्द्रीय बैंकले कटौती गर्यो कर्जाको ब्याजदर

0
Shares

चीनको केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइनाले मङ्गलबार कर्जाको ब्याजदर कटौती गरेको छ । पछिल्लो समयमा चीनको रियल स्टेट क्षेत्रमा देखिएको संकट न्युनीकरण गर्न र आन्तरिक व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्रीय बैंकले कर्जाको ब्याजदर घटाएको हो ।

केन्द्रीय बैंकले ४.२ प्रतिशत रहेको ब्याजदर घटाएर ३.९५ प्रतिशतमा पु¥याएको छ । कर्जाको बयाजदर घटाएता पनि बैंकले कर्पोरेट कर्जाको ब्याजदर भने ३.४५ प्रतिशतमा यथावत् राखेको हो ।

सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण चीनको अर्थतन्त्र सुस्ताएको थियो । कोभिड–१९ नियन्त्रणका लागि चीनले शून्य कोभिड नीति अपनाएको थियो । जसकारण उद्योग, कलकारखाना बन्द थिए भने चीनको आर्थिक वृद्धि दर खुम्चिन पुग्यो । सन् २०२३ मा शून्य कोभिड नीति हटाएपछि चीनले ५.२ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको थियो । तथापि सन् २०२१ देखि चीनको रियल स्टेट संकटग्रस्त अवस्थामा छ । अर्थतन्त्रमा एक तिहाइ भूमिका निर्वाह गर्ने रियल स्टेट क्षेत्र सुस्ताएसँगै त्यसको प्रभाव चीनको आर्थिक वृद्धि दरमा समेत देखिएको छ ।

अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न र बैंकहरुमा तरलता अभाव हुन नदिन केन्द्रीय बैंकले फेब्रुअरी महिनाको सुरुवातमा १ ट्रिलियन चिनियाँ युवान अर्थात् १४० अर्ब अमेरिकी डलर बैंकिङ प्रणालीमा पठाएको थियो । तर केन्द्रीय बैंकको उक्त कदमपछि समेत उपभोक्ता मूल्य सूचांक बढ्न सकेको छैन । मानिसहरुले कोभिड–१९ पहिलाको समयमा जसरी खर्च गरिरहेका छैनन् । जसकारण अर्थतन्त्र थप खुम्चिदै गएको छ ।

फेब्रुअरी महिनामा चिनियाँ नागरिकहरुले नयाँ वर्ष मनाए । तर नयाँ वर्षमा समेत मानिसहरु खर्च गर्न डराउँदा उपभोक्ता मूल्य सूचांक बढ्न सकेको छैन र मानिसहरुको क्रय क्षमतामा समेत ह्रास आएको पुष्टि हुन्छ । यसै सन्दर्भमा अक्सफोर्ड इकोनमिक्स संस्थाका अर्थशास्त्री लुइस लू भन्छन्, ‘रियल स्टेट क्षेत्रमा देखिएको मन्दी र उपभोक्ता मूल्य सूचांक निरन्तर रुपमा घट्दै जाँदा यसको समाधानका लागि नीतिगत बहस गरेर अघि बढ्नु पर्ने अवस्था आएको छ ।’

सन् २०२३ मा रियल स्टेटको सेल्स ६.३ प्रतिशत रहेको छ । विभिन्न स्टीमुलस जारी गरेता पनि रियल स्टेट क्षेत्रमा सुधार नआउँदा त्यसको प्रभाव चिनियाँ अर्थतन्त्रमा परेको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२४ मा चीनको आर्थिक वृद्धि दर ४.६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । वृद्धवृद्धाको जनसङ्ख्या बढ्दै जाँदा सन् २०२८ सम्म चीनको वृद्धि दर खुम्चिने आइएमएफको अनुमान छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।