नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको मेला र सूचना प्रविधि समितिले पाए पूर्णता


नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको मेला, प्रदर्शनी तथा प्रकाशन समितिले पूर्णता पाएको छ । यसैगरी संघको सूचना प्रविधि समितिले पनि पूर्णता पाएको छ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले एक कार्यक्रमका बीच दुवै समितिलाई पूर्णता दिएका हुन् । संघका सदस्य उज्जवल जंग पराक्रम शाह सभापति, तथा संघका कोषध्यक्ष प्रदिप मान प्रधान सहसभापति रहेको मेला, प्रदर्शनी तथा प्रकाशन समितिमा १४ जना सदस्य रहेका छन् ।

त्यसैगरी संघका सदस्य दीपक भण्डारी सभापति रहेको सूचना प्रविधि समितिमा ६ जना सदस्य रहेका छन् । सो समितिको सल्लाहकारमा कम्प्युटर एशोसियसन नेपाल महासंघका पूर्व अध्यक्षहरु विप्लव मान सिंह र विनोद ढकाल मनोनित भएका छन् ।