युनाइटेड मोदी हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

0
Shares

युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडले चूक्ता पुँजीके शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा डोकेको छ ।
कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २९ गते १० औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको सभाले हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । यसअघि विद्युत नियमन आयोगबाट गत माघ २२ गते कम्पनीले हकप्रद निष्कासनका लागि अनुमति पाइसकेको छ ।

हकप्रद निष्कासनबाट प्राप्त हुने रकम कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवद्धित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गरिने कम्पनीले जनाएको छ ।  यस्तै उक्त सभामा कम्पनीको हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनुका साथै हकप्रद निष्कासनका लागि कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित हुनेछ ।

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधकिो वित्तीय विवरणहरु पारित गरी चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै सभाबाट चार जना सञ्चालकको निर्वाचन गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि आगामी चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लेज अनुसार चैत ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।