अपर हेवाखोला हाइड्रोको साधारण सभा चैत्र १६ मा बस्ने

0
Shares

अपर हेवाखोला हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा चैत्र १६ गते बस्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको छ ।

सभा युनियन हाउस अनामनगर काठमाण्डौंमा बिहान ११ बजेदेखि सुरुहुनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्नेगरी कुनैपनि लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९–८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित गत आवको वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धी अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने भएको छ ।

यसैगरी चालु आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षण गर्नकालागि लेखा परीक्षण समितिको सिफारिश बमोजिम लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने तथा सर्वसाधारण सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पद रिक्त रहेकोले उक्त पदमा बाँकी अवधिका लागि सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुनेछन् ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २४ गते बिहीबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार फागुन २३ गते बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।