एनआईसी एशिया क्यापिटल आठौं वर्षमा, सित्तैंमा डिम्याट खातादेखि ७०० मा आजीवन नवीकरण अफर


एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालनको सातौं वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । फागुन २२ गते संचालनमा आएको सात वर्ष पूरा गरी आठौं वर्ष प्रवेशको उपलक्ष्यमा क्यापिटलले विभिन्न किसिमका सेवाहरुमा बम्पर अफर सार्वजनिक गरेको छ ।

स्थापना भएको छोटो अवधिमै सक्षम, प्रगतिशील र गतिशील संस्थाको छवि बनाई सर्वसाधारणहरुको माझमा पहिलो रोजाइको क्यापिटल बन्न सफल भएको दाबी गर्दै क्यापिटलले आधुनिक प्रविधिको अनुशरण गरी सर्वसुलभ रुपमा मर्चेण्ट बैंकिङ्ग सेवा उपलब्ध गराई यस क्षेत्रमा नेपालको नेतृत्वदायी मर्चेण्ट बैंकिङ्ग कम्पनीको भुमिका निभाउन सक्षम भई समग्र व्यवसाय उत्साह जनक रुपमा विस्तार गर्न सफल भएको जनाएको छ ।

स्थापनाको आठौं वर्ष प्रवेशको उपलक्ष्यमा क्यापिटलले “सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर” योजना सार्वजनिक गरेको छ । उक्त योजनाहरु फागुम २२ गतेदेखि सुरु भई आगामी बैशाख ११ गतेसम्म सञ्चालन हुने क्यापिटलले जनाएको छ ।

लगानी व्यवस्थापन सेवा (पीएमएस) अन्तर्गत न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलले वार्षिक लगानी व्यवस्थापन शुल्क ७ रुपैयाँमा एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने छ ।

एन आई सी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड” को एसआईपी सहभागि हुने इकाईधनीहरु मध्ये ७ जना इकाईधनीहरुले ५०० रुपैयाँ बराबरको एसआईपी बुष्टर पाउनेछन् ।

संस्थागत परामर्श सेवा अन्तर्गत एन आई सी एशिया क्यापिटलले आईडिया टू आईपीओमा सहभागि हुने पहिलो ७ वटा कम्पनीहरुलाई ७ रुपैयाँमा आईपीओ जारी गर्ने तह सम्म पु¥याउन आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।

डिम्याट खाता सेवा अन्तरगत “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई टेवा पुर्याउन फागुन २२ गतेदेखि १ सातासम्म ७०० रुपैयाँमा आजीवन डिम्याट खाता नबीकरण हुने व्यवस्था गरेको छ ।

मेरो शेयर सेवा अन्तरगत फागुन २२ गतेदेखि एक हप्तासम्मको लागि ७०० रुपैयाँमा आजीवन मेरो सेयर नबीकरण हुने व्यवस्था गरेको छ ।

क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा एन आई सी एशिया क्यापिटल तथा क्यापिटलका शाखा कार्यालयहरु र अनलाइन मार्फत २०८१ आषाढ मसान्तसम्म निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ ।

शेयर रजिष्ट्रार सेवा अन्तर्गत क्यापिटलले ७०० रुपैयाँमा पहिलो एउटा कम्पनीलाई ओटीसी मार्केटमा सूचीकरण गरिलिने जनाएको छ ।

क्यापिटल संचालनमा आएको यो अवधिमा शेयरधनीलाई १८७.४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको जनाउँदै क्यापिटलले निक्षेप सदस्य सेवा अन्तर्गत ७ लाख २६ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको जनाएको छ । सामूहिक लगानी कोष सेवा अन्तर्गत एउटा खुलामुखी र ५ वटा बन्दमुखी योजना मार्फत ५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी रकम परिचालन गरिरहेको छ भने पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत ६७५ जनाभन्दा बढी ग्राहकहरुबाट २ अर्ब भन्दा बढीको रकम व्यवस्थापन गरेको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत छोटो अवधिमा नै २२ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको जनाएको छ भने निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म १६ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, २ वटा बैंकको डिबेन्चर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र ३० वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्री गर्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्यापिटलको आइडिया टू आईपीओ सेवा अन्तर्गत २२ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता सम्पन्न गरी ५ वटा प्रा.लि. कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराएको र साधारण सेयर समेत निष्काशन गरिसकेको क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।