सिंगटी हाइड्रोको हकप्रदमा सर्वसाधारणबाट साढे ३४ करोडको आवेदन

0
Shares

सिंगटी हाइड्रोले निष्कासन गरेको १ बराबर १ अनुपातको हकप्रद सेयरमा अन्तिम दिन फागुन २२ गते मंगलबारसम्ममा सर्वसाधारणबाट ३४ करोड ४७ लाख ६६ हजार ५०० रुपैयाँ बराबरको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तथ्याङ्क अनुसार ७४ हजार ६४७ जना सर्वसाधारण सेयरधनीबाट ३४ लाख ४७ हजार ६६५ कित्ता खरिदका लागि आवेदन परेको हो ।

कम्पनीले कुल १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको सर्वसाधारणबाट २३.७८ प्रतिशत आवेदन परेको हो । कम्पनीको ३० प्रतिशत ४३ लाख ५० हजार कित्ता हिस्सा अर्थात ४३ लाख ५० हजार कित्ता सर्वसाधारण स्वामित्वमा रहेको छ । करिब ६ प्रतिशत अर्थात करिब ९ लाख कित्ता हकप्रदमा सर्वसाधारणबाट आवेदन नपरेको हो ।

कम्पनीले यसअघि नै आधारभूत सेयरधनीबाट रकम संकलन गरिसकेको छ । कम्पनीले फागुन २ देखि फागुन २२ गतेसम्मका हकप्रद सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले कुल १ करोड ४५ लाख कित्ता हकप्रद बेचेको हो । हकप्रद प्राप्त भएको रकम कम्पनीले अर्बिट इनर्जी प्रालि र ह्याबिटाट पावर कम्पनी प्रालिमा लगानी गर्ने भएको छ । यस्तै ६५ करोड रुपैयाँ ऋण भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

हाल १ अर्ब ४५ करोड चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्कासन तथा बाँडफाँडपछि २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।