सामुदायिक लघुवित्तको सीइओमा पोखरेल नियुक्त

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुअ कार्यकारी अधिकृत (सीईओ) मा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् ।

सामुदायिक र बिपिडब्लु लघुवित्त मर्जर भएर एकीकृत कारोवारपछि पोखरेल सीईओ चयन भएका हुन् । दुई लघुवित्तबीच फागुन २४ गते बिहीबारदेखि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

दुई लघुवित्तबीच एक आपसमा गाभ्ने-गाभिने कार्य सम्पन्न भई भइसकेको छ । बिपिडब्लुको १०० कित्ता बराबर सामुदायिक लघुवित्तको ८५.३५ कित्ता कायम हुनेगरी मर्जरको स्वाप रेसियो कायम गरिएको छ ।

यसैगरी कम्पनीको सञ्चालक समितिमा संस्थापकतर्फ अध्यक्षमा नन्द कुमार महर्जन नियुक्त भएका छन् भने अन्य सञ्चालकमा राजेश्वर अधिकारी, भुपेन्द्र गोपाल श्रेष्ठ र पुष्पराम श्रेष्ठ रहेका छन् । सर्वसाधारणतर्फ सञ्चालकमा नवीन शर्मा र निर्मला नेपाल रहेका छन् भने स्वतन्त्र सञ्चालकमा तीर्थरत्न कोनाजो रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।