प्रधानमन्त्री दाहाललाई तेस्रो पटक विश्वासको मत, पक्षमा १५७ र विपक्षमा ११० मत

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा प्रतिनिधिसभामा २६८ सांसद उपस्थित थिए । उपस्थितमध्ये एकजनाले पक्ष-विपक्षमा मत दिएनन् ।

प्रधानमन्त्री दाहाललाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्क्ति पार्टीले विश्वासको मत दिए ।

विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी उभिए ।

प्रधानमन्त्रीको पक्षमा नेकपा एमालेका ७६, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदले मत दिए । स्वतन्त्र सांसद प्रभु शाह र योगेन्द्र चौधरीले मत दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । सो समयमा उनले मतदानमा सहभागी २७० मध्ये २६८ मत पाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत प्राप्त गर्दा ०७९ चैत ६ गते पक्ष १७२ र विपक्षमा ८९ मत खसेको थियो । यस्तै दिन्नँ भन्नेमा एक मत खसेको थियो।

प्रचण्डले पहिलो पटक ०७९ पुस २६ मा भने कांग्रेस र एमालेसहित २६८ मत पाएका थिए । त्यो बेला सिङ्गो हाउस नै उनको पक्षमा उभिएको थियो । दुई जनाले मात्र विपक्षमा मत हालेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।