साताको सेयर बजारः नेप्से बढ्दा साढे १५ अर्बको कारोबार

0
Shares

यो साता सेयर बजार परिसूचक नेप्से ५०.३६ अंकले बढेको छ । गत साता २०३०.५५ अंकमा रहेको सेयर बजार यो साता २०८०.८७ अंकमा पुगेको छ ।प्रतिशतका आधारमा गत साता २.९४ प्रतिशत उक्लेको बजार यो साता २.४६ प्रतिशत बढ्यो । ५० अंकले बढेको साताको सेयरबजारमा कुल १५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। गत साता १३ अर्ब २२ करोड १७ लाख १७ हजार रुपैयाँको कारोबार भएको थियो ।

सोमबार सार्वजनिक विदा परेको यो सातामा चार दिनमात्र कारोबार भएको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार, मंगलबार नेप्से बढ्यो भने बुधबार र बिहीबार घटेको थियो ।

आइतबार नेप्से २२.१० अंक र मंगलबार ५८.५८ अंकले बढेको थियो । आइतबार २ अर्ब ९२ करोड रुपैयाँ र मंगलबार ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस्तै बुधबार २.४८ अंकले घटेको बजारमा ४ अर्ब २४ करोड रुपैयाँको कारोबार हुँदा बिहीबार २७.८४ अंकले घटेपछि कारोबार पनि घटेर ३ अर्ब ९४ करोड रुपैयाँमा सीमित बन्यो ।

यस साता पुँजी बजारमा सर्वाधिक कारोबार हुने कम्पनीका रूपमा शिवम् सिमेन्ट रह्यो । कम्पनीको १ अर्ब ९ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भयाे । शिवम् सिमेन्टको सेयर मूल्य प्रतिकित्ता ६.१४ प्रतिशत अर्थात् ३२.१ रुपैयाँ बढेर प्रतिकित्ता ५५४.१० रुपैयाँ पुगेको छ ।

यस्तै, सोनापुर मिनिरल्स एण्ड आयलको ७९ करोड १७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस साता कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँ बढेर ५१४ रुपैयाँ पुगेको छ । अपर तामाकोशीको ६९ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस साता सर्वाधिक कारोबार हुने कम्पनीका उक्लिएपनि हकप्रद सूचीकृत भएकाले यस साता कम्पनीको सेयर मूल्य भने घटेको हाे । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ रुपैयाँ घटेर १८७ रुपैयाँमा झरेको छ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनी पनि रहेको छ । कम्पनीको ५३ करोड ३४ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । प्रतिकित्ता १० रुपैयाँ बढेर कम्पनीको सेयर मूल्य ६३० रुपैयाँ पुगेको छ । गोर्खाज फाइनान्सको ४२ करोड ५६ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस साता कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६ रुपैयाँ बढेर ७५० रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।