बलेफी हाइड्रोको सञ्चालकबाट बाहिरिए दुई सञ्चालक, को–को भित्रिए ?

0
Shares

बलेफी हाइड्रोपावर कम्पनीको सञ्चालकबाट दुई सञ्चालक बाहिरिएका छन् । व्यवसायी सन्दीप कुमार शारदा र सुलभ अग्रवालले सञ्चालकबाट राजीनामा दिएका हुन् ।

दुबै जनाले कार्यव्यस्तता र स्वास्थ्यलाई कारण देखाउँदै कम्पनीलाई थप समय दिन नसक्ने जानकारी गराउँदै केही दिनअघि राजीनामा दिएका कम्पनी सचिव अस्मिता अधिकारीले जानकारी दिइन् ।

दुबै सञ्चालकको राजीनामा कम्पनीको सञ्चालक समितिको चैत ४ गते बसेको बैठकले सञ्चालक शारदा र अग्रवालको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । साथै, अध्यक्ष उमेश कसजुको अध्यक्षतामा बसेको सोही बैठकल रिक्त रहेको दुई सञ्चालक पदमा राजेन्द्र तिमल्सेना र ऋतेश प्रधानलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कम्पनीका अन्य सञ्चालकहरुमा सुशिल गुप्ता, शक्ति कुमार गोल्याण, तथा सर्वसाधारण सेयरधनीको तर्फबाट सुशान्त प्राधानाङ्ग र स्वतन्त्र सञ्चालकमा प्रकाश काफ्ले रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।