नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको काठमाण्डौं र पोखराका पेट्रोल पम्प २४ घण्टा खुल्ला


नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल २४ घण्टा सञ्चालनमा आउने भएका छन् । चैत ७ गतेदेखि नै ति पेट्रोल पम्पहरु २४ घण्टा खुल्ला गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।