आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

0
Shares

घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड ‘ए’विरुद्धको टस हारेर बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपाल र आयरल्यान्ड ‘ए’ पहिलो पटक एकापसमा भिड्न लागेका हुन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव र सन्दिप जोरा छन् । साथै अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायाण राजवंशी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन् ।

टी-२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग घरेलु मैदानमा दुई टी-२० अभ्यास खेल खेल्न लागेको हो । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ ।

त्यसपछि नेपाल ‘ए’ टीमले आयरल्यान्ड ‘ए’ टीमसँग तीन टी-२० र तीन एकदिवसीय खेल खेल्नेछ । चैत १५, १६ र १८ गते टी-२० खेल र चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।