भारतले तीन महिनाको लागि मात्रै गर्यो विद्युत् आयात नवीकरण

0
Shares

भारतले तीन महिनाको लागि मात्रै बिजुली आयातको अनुमति नवीकरण गरेको छ। आगामी जुन सम्मको लागि आयात अनुमति नवीकरण भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दए ।

उनका अनुसार ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट ५ सय मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट बिजुली ल्याउने अनुमति दिएको हो । इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे(अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । जसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यो बजारमा भाग लिन २०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो ।

पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ । सोही अनुसार भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ । यसपालि तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण गरेको थिएन । हरेक वर्ष एक आर्थिक वर्षभरको लागि अनुमति नवीकरण हुँदै आए पनि यसपटक भारतले तीन महिनाको लागि मात्रै गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।