एनएमबि र सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

0
Shares

एनएमबि बैंक र सानिमा बैंकको संस्थापक सेयर बिक्री खुला भएको छ । दुबै बैंकका संस्थापकहरुले सेयर बिक्रीका लागि बैंकमा निवेदन दिएपछि उक्त सेयर बिक्री खुला गरिएको हो ।

एनएमबि बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ । उक्त संस्थापक समूहको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् ।

बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपियाँ तोकिएको छ । सो सेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटारमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

यसैगरी सानिमा बैंकले पनि ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सानिमा बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि बिक्री खुला गरिएको बैंकले एक सूचना मार्फत जनाकारी दिएको छ ।

उक्त संस्थापक समूहको सेयर खरिदका लागि सानिमा बैंककै अन्य विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम भाउ प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले चैत १६ देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायण चौर नक्साल,काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।