नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको मिति सर्यो


राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको मिति सरेको छ । भारतमा हुन गइरहेको निर्वाचनलाई ध्यानमा रखेर एक्स्पोको २ साता पर सारिएको आयोजकले जनाएको छ ।

समिट इभेन्ट्स एण्डमार्केट्सले आगामी मे ३१ र जुन १ गरी २ दिनका लागि आयोजना गर्न लागेको एक्स्पो जुन १४ र १५ गतेका लागि सारिएको जनाएको हो । भरतमा हुन लागेको निर्वाचनका कारण मे २९ देखि सीमा नाका बन्द हुने भएकाले एक्स्पोको मिति परिवर्तन गरिएको समिट इभेन्ट्स एण्ड मार्केट्सका संस्थापक विष्णु पाण्डेले जानकारी दिए ।

जुन १ मा भारतको कोलकाता, वाराणसी र बिहारमा निर्वाचन हुँदैछ । निर्वाचनका कारण नेपालतर्फको सीमा नाका बन्द रहने भएकोले सबै सरोकारवालाहरूको सहभागिता र सुविधा सुनिश्चित गर्न एक्स्पोको मिति संशोधन गरिएको हो ।

२५० भन्दाबढी होस्ट गरिएका खरीदकर्ताएहरू, एक हजार भन्दा बढि ट्रेड आगन्तुकहरू, र १३० भन्दाबढी प्रदर्शकहरू सहित नेपाल, भारत, चीन, हङकङ, श्रीलंका, भुटान, बंगलादेश, माल्दिप्स, भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, दुवई, टर्की, फिलिपिन्स र अजरबैजानगरि १६ भन्दाबढी देशहरूकाप्रदर्शकहरूको सहभागिता रहने छ । एक्स्पोमा ट्राभल एजेन्सी, होटल, एयरलाइन्स, टुर अपरेटर लगायतका विभिन्न क्षेत्रका प्रदर्शकहरुको सहभागिता रहने पाण्डेले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।