युनाइटेड मोदी हाइड्रोपावरको अध्यक्षको राजीनामा स्वीकृत

0
Shares

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको अध्यक्ष नरेन्द्र बल्लभ पन्तले राजीनामा दिएका छन् । पन्तले निर्वाचनमा उम्मेदवार भएको भनि नैतिकताको आधारमा सञ्चालक समिति समक्ष २०८० चैत २५ मा राजीनामा दिएका हुन् ।

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको २०८० चैत २५ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ः३० बजे बसेको सचालक समितिको बैठकले कम्पनीका सञ्चालक तथा अध्यक्ष पन्तको राजीनामा सञ्चालक समितिको बैठकबाट बहुमतले स्वीकृत गरेको हो ।

साथै सो बैठकले दशौं साधारण सभा समेत तोकी सबै प्रकृयाहरु अगाडि बढी रहेको अवस्थामा सो साधारण सभा संम्ममा अध्यक्ष पदमा रहि निष्पक्षरुपमा काम कार्य गर्नका लागि सञ्चालक समितिको बहुमतको निर्णयबाट सञ्चालक सदस्य रेनुका पाण्डेलाई जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए ।

कम्पनीले यहि चैत २९ गते बिहीबार कालिमाटी बैंक्वेट सोल्टिमोडमा दशौं वार्षिक साधारण सभा बोलाएको छ। गत आर्थिक वर्षमा सेयरधनीको हात खाली बनाएको कम्पनीले सभा मार्फत ४ जना सञ्चालक निर्वाचन गर्ने कार्यसूची छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।